२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालमा फैलाइएको झुटो कुरा छुट्याउन विवेक प्रयोग गरौँः उपप्रधानमन्त्री सिंह



फाइल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले हाल सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार हुने गरेको बताउनुभएको छ ।

सोमवार राजधानीमा आयोजित नेपाली विशिष्ट महिलाहरुको ऐतिहासिक फोटो प्रदर्शनीमा उहाँले सामाजिक सञ्जालमा आएका हरेक कुरा सही नहुने बताउनुभएको हो ।

उहाँले कुन सही, कुन झुटो कुरा हो भनेर तथ्य पत्ता लगाउने बानी विकास गर्न समेत आग्रह गर्नुभयो । कतिपयले सामाजिक सञ्जालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी म्यासेजहरु पठाउने गरेको उल्लेख गर्नुहुँदै उहाँले यो ठिक छैन भनेर फिल्टर गर्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता कुरामा आफ्नो बुद्धि विवेकलाई  प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अहिले जुन सोशल मिडियाको जमाना छ । यसमा तपाई हामीले एउटा राम्रोसँग बुझ्नुपर्ने कुरा के हो भन्दाखेरी के झुटो समाचार हो, कुन चाँहीमा कत्तिको तथ्य छ भन्ने कुरा त हामी धर्तीमा जन्मेपछि भगवानले सबैलाई हामीलाई बुद्धि दिएको छ, विवेक दिएको छ । हामीले बुझ्नु त प¥यो नी छ । सामाजिक संजालमा प्रायोजित तवरले झुटो प्रचार गर्नको लागी पठाएका म्यासेजहरुलाई यो ठिक छैन भन्ने कुरालाई फिल्टर गर्ने क्षमता त हामीले पनि विकास गर्नुप¥यो नी । कसैले लेखिदियो भन्दैमा सबै कुरा शत प्रतिशत सही हो भन्न भएन । हामी संग भएका वुद्धि विवेकलाई पनि हामी प्रयोग गरौँ ।’

उहाँले देशमा बिस्तारै परिवर्तन आइरहेको बताउनु भयो । हाल समाजमा सरकारले यो गरेन, त्यो गरेन भन्ने प्रचलन बढेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले नियम कानूनअनुसार प्रक्रिया मिलाएर काम गर्ने बताउनु भयो । हुकुमी शासन जस्तो नहुने उहाँको भनाई छ ।