१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका

पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित: विशेषज्ञ

पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित: विशेषज्ञ
अ अ+ अ-

काठमाडौं । वैशाख ३० गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजेटिभ भेटियो। ६ वर्षीया ती बालिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै अस्पतालका चिकित्सकलगायत ३६ जनाभन्दा बढी स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन्। अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार, ती बालिकालाई गणेशमान भवनमा सारी आइसोलेसन क्याबिनमा उपचार भइरहेको छ। कपिलवस्तुकी ती बालिकाको सम्पर्कमा आएका सबैको स्वाब ९पीसीआर० परीक्षण गरिने भएको छ। कपिलवस्तुकी ती बालिकामा घाँटी दुखेको समस्या लिएर आएको उपचारमा संलग्न एक चिकित्सकले बताए।

गत २९ वैशाखमा सुनसरीको झुम्काबाट भक्तपुर आएकी युवतीमा कोरोनाको संक्रमण पाइयो। आरोग्य फाउन्डेसनमा कार्यरत ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।२९ वैशाखमै कन्चनपुरबाट काठमाडौं आएकी काठमाडौं चन्द्रागिरिकी महिलाको स्वाब परीक्षणमा कोरोना भाइरस पोजेटिभ पाइयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीबार काठमाडौंका ३२ वर्षीय युवामा पनि कोरोना भाइरस पोजेटिभ पाइएको छ। चैत ११ गते सरकारले लकडाउन घोषणा गरे पनि काठमाडौंमा आवागमन रोकिएको छैन। थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित महसुस गरिरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन्, ‘लकडाउन घोषणा नाम मात्रको छ। पीसीआर परीक्षणको दायरा बढाउने हो भने उपत्यकामै संक्रमितको संख्या बढ्ने निश्चित छ।’

सबै उमेर समूह खतरामाः डा. देवकोटा

प्रवक्ता डा. देवकोटाले सबै उमेर समूहका व्यक्तिमा कोरोना संक्रमणको खतरा रहेकाले सचेत रहन आग्रह गरेका छन्। मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा डा। देवकोटाले सचेत रहन आग्रह गरेका हुन्। ‘संक्रमित धेरैजसो २० देखि ५० वर्ष उमेर समूहका छन्। सबै उमेर समूहका व्यक्तिलाई संक्रमण हुन सक्छ, सबैलाई सचेत र सजग रहन आग्रह गर्दछौँ,’ डा. देवकोटोले भने। उनका अनुसार हालसम्म संक्रमितको संख्या २ सय ४६ पुगेको छ। यसमा एक सय ९८ पुरुष, ४८ महिला छन्। संक्रमितमध्ये ३५ जना निको भएपछि घर फर्किसकेका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर २२ हजार ६ सय ६४ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ सय ६३ जनाको नमुना संकलन भएको छ। नेपालमा माघ १४ गतेदेखि पीसीआर परीक्षण सुरु गरिएको थियो।

द्रुत परीक्षण किट आरडीटी विधिबाट अहिलेसम्म ६२ हजार तीन सय २७ नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा दुई हजार आठ सय आरडीटी परीक्षण गरिएको छ। आरडीटीको परीक्षण चैत १९ गतेबाट सुरु भएको हो। अहिलेसम्म क्वारेन्टाइनमा १५ हजार ६ सय छन्। आइसोलेसनमा उपत्यकामा ६ र उपत्यकाबाहिर २ सय ६६ गरेर कुल २ सय ७२ व्यक्ति छन्। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न घोषित लकडाउनको उल्लंघन गर्दै उपत्यका छिर्ने क्रम बढेसँगै संक्रमितको संख्यामा वृद्धि भएको छ। तुलनात्मक सुरक्षित ठानिएको काठमाडौं उपत्यको संक्रमणको चपेटामा परेकाले सजग हुन विज्ञहरूले सुझाएका छन्।

परीक्षणको दायरा बढाऊः सर्वोच्च

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार पीसीआर परीक्षणको दायरा विस्तार गर्न अन्तरिम आदेश दिएको छ। हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आमनागरिकको जीवन रक्षा गर्नुपर्ने भएकाले तत्काल पीसीआरको परीक्षण दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्न अन्तरिम आदेश दिएको हो। अन्नपुर्णपोष्ट दैनिक