२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिल झाको टिप्पणीः मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध



अ+ अ-

काठमाडौँ । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोहोरो चरित्र देखाउने मधेसवादी राजनीतिक दलहरुका कारण नै मधेसले सोचेको जति अधिकार प्राप्त गर्न नसकेको बताउनुभएको छ ।

उहाँले मधेसवादी राजनीतिक दलहरुका मुद्दा खरो रुपमा बोक्ने राजनीतिक दलहरु कम रहेको बताउनुभएको हो । मधेसमा जय मधेस भन्ने र काठमाडौंमा सङ्घीय अभिवादन भन्ने राजनीतिक दलका नेताहरु भएकाले मधेस अधिकारहरुबाट संकुचित हुनु परेको उहाँको भनाइ छ । काठमाडौंमा आएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेसमा गएर मधेसलाई सखाप पारे भन्ने राजनीतिक दलका नेताहरुको दोहोरो चरित्र मधेसका जनताले बुझ्नुपर्ने बताउनु भयो । त्यसका लागि आफू आगामी निर्वाचनमा परीक्षण हुन तयार रहेको उहाँको भनाइ छ । आफूहरु अन्त्यतः ब्यालेटको राजनीतिमै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेस र मधेसवादीका निम्ति तपाईंको स्टुडियोदेखि सिंहदरबारसम्म सिंहदरबारदेखि बानेश्वरको सांसद भवनसम्म, सांसद भवनदेखि विदेशी समुदायसम्म, विदेशी समुदायदेखि बालुवाटार प्रधानमन्त्रीको अगाडि आँखामा आँखा जुधाएर बोल्दासम्म र त्यहाँदेखि जनतासम्म एउटै कुरा बोल्ने । यहाँ कस्ता पार्टी पनि छन् कि मधेसमा जय मधेस पनि बोल्छन् काठमाडौंमा सङ्घीय अभिवादन भन्छन् । प्रधानमन्त्रीसँग के भन्छ गएर उनको खुट्टा पुज्छन् अनि मधेसमा गएर के भन्छ आँप झा¥यो केपी ओलीले भन्छन् । त्यस्तो डबल स्ट्यान्डर, ट्रिपल स्ट्यान्डर पार्टीहरु तपार्इं देख्न सक्नुहुन्छ । तपाईं जुन भन्नुहुन्छ टेस्टेडको कुरा मलाई लाग्दैन कि टेस्टेड हुनु कुनै खराब कुरा पनि होइन तर फेरि पनि टेस्ट दिन म तयार छु । फेरि टेस्ट होला । टेस्ट त प्रत्येक पाँच पाँच वर्षमा हुन्छ नि नेताको । फेरि अर्को चुनावमा होला । त्यो टेस्ट त फेरि पनि देखिन्छ । हामी कुनै अण्डरग्राउण्ड हुने पार्टी होइन । हामी त फाइनल्लि ब्यालेटको राजनितिमै जाने हो । त्यो चिजमा फेरि पनि २ वर्ष त बाँकी छ नि । यदि २ वर्षपछिको असोजमा नर्मल टइममा इलेक्सन भयो भने । म्याक्सिमम त्यही टाइम हो । टेस्ट दिन फेरि पनि तयार छाँै । नेताले त प्रत्येक पाँच पाँच वर्षमा टेस्ट दिनुपर्छ । विद्यार्थीले प्रत्येक वर्षमा टेस्ट दिन पाउँछ । नेताले पाँच पाँच वर्षमा ।’ 

निर्वाचन आउन अझै दुई वर्ष बाँकी रहेकाले यस बीचमा सद्भावना पार्टीलाई जनस्तरस्म्म पु¥याउने बताउनु भयो ।