१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप इन्ड टी–२० सिरिजको तेस्रो खेलमा नेपालले मेलबर्न स्टार्सविरुद्ध बलिङ गर्दै



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले अहिले तेस्रो खेल खेलिरहेको छ । टस हारेको नेपालले सुरुमा बलिङ गर्दैछ ।

डार्विनस्थित टीआईओ स्टेडियममा जारी खेलमा नेपालविरुद्ध अष्ट्रेलियन फ्रेन्चाइज टोली मेलबर्न स्टार्सले ब्याटिङ गरिरहेको छ ।

नेपाली टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गरिरहेका छन् । अर्कोतर्फ, बिग ब्यास लिग खेलिसकेका साम हार्पर मेलबर्न स्टार्सका कप्तानका रूपमा मैदान छ ।

नेपालले हालसम्म सिरिजमा खेलेका दुवै खेलमा हार बेहोर्नु परेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो । आज नेपाल पहिलो जितको खोजीमा छ ।