२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका सरकारी र निजी विद्यालय भवनहरू क्वारेन्टाइनको प्रयोजनमा लगाउनेः शिक्षामन्त्री



अ+ अ-

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काठमाडौं उपत्यकाका सरकारी र निजी विद्यालय भवनहरू क्वारेन्टाइनको प्रयोजनमा लगाउने बताएका छन् । उपत्यकामा कोरोना महामारीको जोखिम बढ्न सक्ने आँकलन गर्दै मन्त्री पोखरेलले सो विषयमा तयारी भइरहेको जानकारी दिए । पोखरेल कोभिड–१९ नियन्त्रण र उपचार उच्चस्तरीय समितिका सदस्यसमेत छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई संयोजक रहेको सो समितिले राजधानीलगायत देशैभरका शिक्षालयमा क्वारेन्टाइन राख्ने विषयमा पहिलो चरणको छलफल गरिसकेको छ ।मंगलबार राति भक्तपुरमा दुई र काठमाडौंमा एक जनामा कोरोना भाइरस देखिएपछि सरकारले बाहिरबाट उपत्यका भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने तयारीसहित शिक्षालयहरू प्रयोग गर्न खोजेको हो ।

समितिमा हिसान, प्याब्सन, एन–प्याब्सन, मेडिकल कलेज, सुरक्षा निकायलगायत अधिकारी सदस्य छन् । हिसानका अध्यक्ष रमेश सिलवालले उपत्यकाका अधिकांश क्याम्पस, विद्यालय, मेडिकल, इन्जिनियरिङ कलेजलगायतका क्वारेन्टाइन राख्ने विषयमा निर्णय भइसकेको जानकारी दिए। उनका अनुसार हिसान आबद्ध सबै पदाधिकारीका कलेजलाई क्वारेन्टाइन बनाउने विषयमा निर्णय भइसकेको छ । बूढानीलकण्ठ, फर्पिङको त्रिभुवन आदर्श, हात्तीवनको लिटिल एन्जेल्स, गोल्डेनगेट, ट्रिनिटी, जेभियर्स इन्टरनेसनल, नोवेल, लेवरोटरीलगायतका तीन दर्जनभन्दा बढी शिक्षालयलाई क्वारेन्टाइन बनाइनेछ ।

हिसानले राजधानीको भित्री शहरमा भन्दा पनि अलि टाढा रहेका शिक्षालयलाई क्वारेन्टाइन बनाउन उचित हुने सुझाव दिएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले आवश्यकताको आधारमा सबै निजी विद्यालयलाई क्वारेन्टाइन बनाउन सहयोग गर्ने बताए । उनले पहिलो प्राथमिकता सरकारी कलेज, होटल, गेस्ट हाउस, मेडिकल कलेजको गेस्ट हाउस, सरकारी विद्यालय पछि निजी विद्यालय प्रयोग गर्ने सरकारी नीतिअनुसार आफूहरू तयार रहेको नेपाल समाचारपत्रलाई बताए । एन–प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले एन–प्याब्सनअन्तर्गत देशैभरका ठूूला विद्यालयलाई सरकारले क्वारेन्टाइन बनाउन चाहे सोहीअनुसार व्यवस्थापन गर्न तयार रहेको बताएका छन् ।

यसै गरी, त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले सबै आंगिक क्याम्पसलाई पत्राचार गरी क्वारेन्टाइन राख्न दिन निर्देशन दिएको बताएका छन् । उनका अनुसार हालसम्म करिब तीन दर्जन क्याम्पसमा क्वारेन्टाइन राखिएको छ । प्रदेश १, २, ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा रहेका क्याम्पस भवन अहिले क्वारेन्टाइनकै प्रयोजनमा लगाइएका छन् । नेपाल समाचारपत्र दैनिक