२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन सरकारले काम गरिरहेको छ: उपप्रधानमन्त्री पौडेल



अ+ अ-

पाल्पा। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वसहमतिअनुसार नै वर्तमान गठबन्धन सरकारले काम गरिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज यहाँ तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नीतिगत पृष्ठभूमि र साझा कार्यक्रमका आधारमा संसद्का दुई ठूला दलबीच सहयात्रा भइरहेको बताउनुभयो । यो सहयात्रा २०८४को आमनिर्वाचनसम्म कायम रहने उपप्रधानमन्त्री पौडेलको भनाइ थियो ।

“वर्तमान सरकारमा एमाले, कांग्रेस र अन्य साना दल सहभागी छौँ । नीतिगत पृष्ठभूमि र कार्यक्रमका आधारमा सहयात्रा गरिरहेका छौँ । यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । त्यसैले सहयात्रा पूर्वसहमतिअनुसार अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

हाल स्थिर सरकारको प्रत्याभूति दिने काम भएको भन्दै उपप्रधानमन्त्री पौडेलले केही अस्थिरता खोज्ने व्यक्ति तथा पार्टीले बेला बेला सरकार ढल्दै छ भनेर हल्ला फैलाए पनि त्यो हल्लामै सीमित रहने बताउनुभयो ।

उहाँले खहरेका रूपमा देखा परेर मूलधारको राजनीतिमा आएका तर अस्थिरताको खोजी गरिरहेका दलहरूको भविष्य नभएको टिप्पणी गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले यहाँ भगवती जात्राको अवलोकन गर्दै सबै मिलेर यस खालका संस्कृति र परम्परालाई सम्वर्द्धन गर्नुपर्ने र त्यही भावनाअनुसार सरकारले  भगवती मन्दिरको पुनःनिर्माणका लागि बजेटको व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरातात्विक सम्पदाको संरक्षण गरी धार्मिक र पर्यटकीय क्षेत्रको विकास गर्न सरकार लागिरहेको बताउनुभयो । उहाँले पाल्पा सम्भावना बोकेको जिल्ला भएकाले यसलाई उर्बर र समृद्ध बनाउन यहाँका नागरिक नै जाग्न जरुरी रहेको धारणा राख्नुभयो ।

मन्त्री पाण्डेले भगवती मन्दिरको आफ्नै धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्त्व रहेकाले यसलाई निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।