२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेश सचिव आज नेपाल आउँदै, सबै भेटघाट आजै



अ+ अ-

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउँदै हुनुहुन्छ । सचिव मिस्री विशेष विमान मार्फत् आज बिहान ९ बजे काठमाडौँ आइपुग्नुहुने छ ।

उहाँ काठमाडौँ ओर्लिए लगत्तै प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटघाट रहेको छ । त्यसक्रममा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नुहुनेछ ।

त्यसपछि उहाँले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुहुनेछ । विदेश सचिव मिस्रीले आज नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुहुने पनि कार्यक्रम रहेको छ ।

त्यसैगरी परराष्ट्र सचिव अमृतबहादुर राइसँग द्विपक्षीय भेटवार्ता गर्ने र अपराह्न ५ बजे परराष्ट्रमन्त्री डा आरजु देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साँझ उहाँको सम्मानमा परराष्ट्र सचिव राइले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

यस भ्रमणका बेला उहाँले प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेण्डाका बारेमा पनि छलफल गर्नुहुने परराष्ट्र स्रोतले जनाएको छ । विदेश सचिव मिस्री भोलि अपराह्न सोही विमानबाट स्वदेश फर्कनुहुने कार्यक्रम छ ।