२० श्रावण २०८३, बुधबार
,
Latest
कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरका नेवार समुदायले निकाले ‘रोपाइँ जात्रा’



अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा नेवार समुदायले रोपाइँ जात्रा निकालेका छन् । संस्कृति संरक्षणसँगै पुस्तान्तरणका लागि रोपाइँ जात्रा निकालिएको नेवाः पुचः गैँडाकोटले जनाएको छ ।

जात्राको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नेवार समुदाय कला र संस्कृतिमा धनी रहेकाले संस्कृति संरक्षणमा समुदाय एकजुट हुनु प्रशंसनीय काम भएको बताउनुभयो ।

नगरभित्रका समुदायले मनाउने कला र संस्कृति यहाँको महत्त्वपूर्ण सम्पत्ति भएका भन्दै उहाँले ती सम्पत्ति संरक्षणका लागि नगरले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । हरेक व्यक्ति र समुदायलाई आफ्नो संस्कृति प्यारो हुने भन्दै पुस्तान्तरण गर्दै संस्कृति संरक्षणमा लाग्नुपर्नेमा नगरप्रमुख अधिकारीले जोड दिनुभयो ।

रोपाइँ जात्राको आयोजक नेवाः पुचः गैँडाकोटका अध्यक्ष रेशमकुमार श्रेष्ठले श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने यस पर्वले परिवर्तित समयसँगै जात्रा मनाउने क्रम र शैलीमा परिवर्तन ल्याएको बताउनुभयो । उहाँले पछिल्लो पुस्तामा कला र संस्कृतिबारेको चासो कम हुँदै गएकाले पनि जात्रा मनाउने प्रचलनमा परिवर्तन ल्याउँदै पुस्तान्तरणमा जोड दिइएको धारणा राख्नुभयो ।

“पहिलेपहिले रोपाइँ जात्रा निकाल्ने तथा जात्राको खर्च व्यवस्थापन गर्ने व्यक्तिलाई पुत्रलाभ हुने किंवदन्ती थियो”, उहाँले भन्नुभयो, “सन्तान नभएका व्यक्तिले रोपाइँ जात्रा निकालेपछि सन्तान प्राप्ति भएको हामी आफैँले पनि देखेका छौँ ।”

जात्रासँग सम्बन्धित घटनाकाबारेमा अहिलेका पुस्ताले विश्वास नगर्ने भन्दै उहाँले कला र संस्कृति जोगाउनु अहिलेको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार हरेक वर्ष रोपाइँ सकिएको खुसीयालीमा रोपाइँ गर्दा गरिनै सबै कार्यसहित हास्यव्यङ्ग्य गर्दै रोपाइँ जात्रा मनाउने गरिन्छ ।

“रोपाइँ जात्राका क्रममा पञ्चेबाजाको धुनमा नाचगान हुन्छ”, श्रेष्ठले भन्नुभयो, “मानिस नै गोरु बन्छन्, हली, बाउसे, खेताला तथा रोपाहार भएर जात्रा निकालिन्छ । हरेक वर्ष वर्षेखेती लगाउने काम सकिएको खुसीयालीमा रोपाइँका क्रममा अपनाइने सबै कार्यसहित हास्यव्यङ्ग्य गर्दै यो जात्रा मनाउने गरिन्छ ।”

आज निकालिएको जात्रामा नेवार समुदायसँगै थारु समुदाय पनि आफ्नो मौलिक पोसाकमा सजिएर जात्रामा सहभागी भएका थिए । दिउँसो निकालिएको जात्राले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । रासस