५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

टक्सारको संस्कृति र परम्परा जोगाउन दुई दिने मेला

टक्सारको संस्कृति र परम्परा जोगाउन दुई दिने मेला
अ+ अ-

भोजपुर। ‘भाषा, धर्म, संस्कार र संस्कृतिको जर्गेना गरौँ’ भन्ने नाराका साथ भोजपुरको ऐतिहासिकस्थल टक्सार बजारमा आजदेखि दुई दिने मेला सुरु भएको छ । मेलाको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले उद्घाटन गर्नुभएको हो ।

विसं १८७२ मा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजारमा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षणका लागि प्रत्येक वर्ष जस्तै यसवर्ष पनि श्रीकृष्ण जमाष्टमीको अवसर पारेर मेला आयोजना गरिएको नगरप्रमुख आलेले जानकारी दिनुभयो ।

भोजपुर नगरपालिका–१२ टक्सारसँगको समन्वयमा श्रीकृष्ण जन्माष्टमी मूल व्यवस्थापन समितिको आयोजनामा सुरु भएको मेला भदौ १ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष रेवत शाक्यले बताउनुभयो ।

भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक र व्यापारिक हिसाबले ऐतिहासिक भएकाले यहाँका सम्पदाको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको यशोधरा माविका प्रधानाध्यापक धु्रवराज रेग्मीले बताउनुभयो ।

धातु व्यवसायका लागि पनि यो प्रख्यात ठाउँ मानिने भन्दै उहाँले पाटनको स्वरूपमा रहेका यहाँका धार्मिक सम्पदा रहनुका साथै सोही अनुसार सहर विकास भएकाले यसलाई मिनी पाटनका रूपमा चिनिने उल्लेख गर्नुभयो । उहाँका अनुसार यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बालगायत दर्जनौँ धार्मिकस्थल छन् ।

सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रका रूपमा स्थापित टक्सार बजार पछिल्लो समय जीर्ण बन्दै गएको छ । यहाँका धार्मिक मठ, मन्दिर, विहार, चैत्य, गुम्बा र ठूलाठूला घर संरक्षणको पखाईमा रहेका स्थानीय प्रेमकुमार शाक्यले बताउनुभयो ।

भोजपुर–१२ सँगको समन्वय तथा जन्माष्टमी मूल व्यवस्थापन समितिको आयोजनामा आयोजित मेलाले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने वडाध्यक्ष देवीप्रसाद कार्कीले बताउनुभयो । “टक्सार ऐतिहासिक तथा धार्मिकस्थल हो, यसको संरक्षण र सम्वर्द्धनसहित परम्परा जोगाउन जरुरी रहेकाले मेला आयोजना गरी प्रचारप्रसारमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो ।

मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, लाखे नाच प्रदर्शन, श्रीकृष्ण रथयात्रा, मनोरञ्जनका खेललगायत कार्यक्रम हुने स्थानीय विमल रणपहेलीले जानकारी दिनुभयो ।

टक्सारको परम्परा र इतिहासलाई कायम राख्न स्थानीय तहले पनि भूमिका निर्वाह गर्नुपर्ने भएकाले सोही अनुसार पहल थालिएको स्थानीय शरणकुमार श्रेष्ठले धारणा राख्नुभयो । रासस