५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’
अ+ अ-

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहकारी ऐनमा नमिलेका विषयले यो क्षेत्रलाई व्यवस्थापन गर्न समस्या भएकाले ऐन संशोधनको आवश्यकता औँल्याउनुभयो ।

तीन खम्बे अर्थतन्त्रको सहकारी महत्त्वपूर्ण खम्बा भएकाले यसलाई सक्षम र सशक्त बनाइनुपर्ने मन्त्री अधिकारीले धारणा राख्नुभयो । वडा, पालिका र जिल्लामा कति सहकारी आवश्यक हो, त्यो पहिचान गरेर दर्ता गरिनुपर्ने बताउँदै उहाँले तरलताको व्यवस्थापनमा सहकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

सहकारी नियमन प्राधिकरण, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काम गरिरहेको बताउँदै बदनाम भएका सहकारीको अभिलेख तयार पार्न सरोकार भएका निकायलाई मन्त्री अधिकारीले निर्देशन दिनुभयो ।

समितिका अध्यक्ष श्रीमनकुमार गौतमले सरकारले घोषणा गरेका समस्याग्रस्त २३ सहकारीमध्ये तीन वटाको हिसाबकिताब राफसाफ गरी बचतकर्ताको सबै बचत रकम फिर्ता गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाललगायत वक्ताले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक छलफल र पहल भइरहेको बताउनुभएको थियो । रासस