५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन
अ+ अ-

गण्डकी।  नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक चलिरहेको छ । पोखरा, बागलुङलगायत नेवार बस्तीमा दैनिकजसो परम्परागत नाच प्रदर्शन भइरहेका छन् ।

घण्टाकर्ण पर्वदेखि नेवार समुदायमा सांस्कृतिक गतिविधि सुरु हुन्छन् । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता जात्रा र नाचले पर्वमय माहोलको छनक दिन्छन् । आज बागलुङ बजारमा करिब तीन सय वर्ष पुरानो जोगी नाच प्रदर्शन गरिएको छ । जोगीको भेष धारण गरेर कलाकारले आफ्नौ मौलिक नाच देखाएका हुन् ।

शाक्य कल्याण समाजको अगुवाइमा नाच निकालिएको थियो । समाजका सल्लाहकार मुकुन्द शाक्यले नेवार जाति काठमाडौँ उपत्यकाबाट बसाइँसराइ गरेर आउँदा उक्त नाच पनि सँगै लिएर आएका बताउनुभयो ।

“हाम्रा पूर्वजहरूले नाच्दै आएका जोगी नाचलाई निरन्तरता दिँदै आएका छौँ, सांस्कृतिक धरोहरका रूपमा यो जीवित छ”, उहाँले भन्नुभयो, “झण्डै तीन सय वर्षदेखि यो नाच बागलुङमा अस्तित्वमा छ, अन्यत्र जोगी नाच खासै नाचिएको पाइँदैन । जोगी नाचमा ताण्डव र हिँडाउने गरी दुई तालमा कलाकारलाई नचाउने गरिएको छ ।”

पहिले जोगी नाचमा चार ताल रहेपनि दुई ताल हराइसकेका सल्लाहकार शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार यस नाचमा जोगीको भेषमा सजिएर मृदङ्ग र झ्यालीको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन छ ।

यसपालि अधिकांश युवा पुस्ताका कलाकारलाई नाचमा समेटिएको समाजका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तान्तरण नहुँदा परम्परागत नाच लोप हुने खतरा बढेपछि नयाँ पुस्तालाई नाच सिकाउन सुरु गरिएको हो ।

अध्यक्ष शाक्यका अनुसार मनोरञ्जनसँगै सामाजिक एकता र सद्भावको सन्देशका रूपमा जोगी नाच नचाउने गरिएको छ । जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नास हुने र सहकाल आउने विश्वास गरिन्छ ।

बागलुङका नेवारहरूले जोगीसँगै अन्य परम्परागत नाचलाई पनि संरक्षण गर्दै आएका छन् । बर्सेनि भदौरै जात्रामा ती नाचहरू प्रदर्शन गर्ने गरिएको छ ।

जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन रहेको नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष जयराज भारीले बताउनुभयो । शाक्य कल्याण समाज र मंकाः खलःले संयुक्त रूपमा यस वर्ष जात्राको आयोजना गरेको उहाँको भनाइ छ । भदौरै जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

गाईजात्रा पर्वको अवसर पारेर वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकाल्ने गरिन्छ । यस वर्ष तीजसम्म लाखे नाच देखाइने खलःका अध्यक्ष भारीले उल्लेख गर्नुभयो ।

“लाखे र जोगी नाच शाक्य कल्याण समाजले निकाल्दै आएका छन् । अन्य नाच नेपाल भाषा मकां खलःअन्तर्गत संरक्षित छन् । नेवार युवाहरूको संस्था नेवाः ल्याम्ह पुचः पनि जात्रा संरक्षणमा सक्रिय छ”, उहाँले भन्नुभयो । रासस