५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी हुँदा लोकतन्त्र सबै नागरिकको बन्न सकेनः राजेन्द्र महतो



अ+ अ-

राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एकल नश्लीय शासन प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था सबै नागरिकको बन्न नसकेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले लोकतन्त्र स्थापन भएको ३५ वर्ष पुग्दा समेत नागरिकले आफ्नो अधिकार पाउन नसकेको उहाँको भनाइ छ । उहाँले लोकतन्त्रमा समेत शासनको चरित्र एकल नश्लीय हुँदा जनताले अधिकारको प्रत्याभुति गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले अहिलेका शिर्ष तीन नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमा समेत एकल नश्लीय शासन प्रवृत्ति हाबी भएको आरोप लगाउनु भयो । उहाँले मुलुकमा लामो समयदेखि उत्पिडन व्याप्त रहेको भन्दै मुलुकले क्रान्ती खोजिरहेको टिप्पणी गर्नुभयो । उहाँले सात वटा संविधान निर्माण हुँदापनि एउटै संविधान जनाताको बन्न नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो देशले क्रान्ती खोजिरहेको छ । यो देशमा उत्पिडन  व्याप्त छ । यो आजैदेखि भएको होइन । नेपाल निर्माण हुँदै गर्दा जुन जगमा नेपालको निर्माण भएको हो त्यो जगमा शासन चलाइएन । जुन जगमा नेपालको निर्माण भयो सोही आधारमा शासन चलाउनुपथ्र्यो, संविधान निर्माण हुनुपथ्र्यो । त्यही नभएर नेपालमा समस्या आएको छ । २७० वर्षपहिले नेपाल निर्माण हुँदा काठमाडौंका नेवारहरु त एकता प्रक्रियामा सहभागि थिए । देशका सबे पहिचान मिलेपछि नेपाल एक भएको सत्य हो नि । सबैको कुरा छोडिदिउँ जहानिया रााणा शासनको मात्रै एक सय चा। वर्ष शासन भयो ।’

‘त्यसपछि राजाहरुको वंशीय शासन चल्यो । तर लोकतन्त्र त हाम्रो आफ्नै शासन भन्या होइन ? ३५ वर्षदेखि यो देशमा लोकतन्त्र चलिरहेको छ ? यो बेलासम्म पनि किन पाएनौं हामीले आफ्नो अधिकार ? यो त पार्टीको शासन भनेको त आफ्नै शासन त हो । यो लोकतन्त्र पनि सबै नेपालीका लागि बन्न सकेन । किनभने यो लोकतन्त्रमा पनि शासनको चरित्र चाँही एकल नश्लीय भइदियो । ओली प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो, देउवा प्रवृत्ति एकल नश्लीय शासन प्रवृत्ति हो । प्रचण्ड प्रवृत्ति एकल नश्लीय प्रवृत्ति हो । देश एकल होइन अनि शासन चाँही एकल गर्ने ? यो देशको शासन र संविधान र शसन एकल भइदियो । यस्तो पनि हुन्छ । सात वटा संविधान बन्दा पनि एउटै संविधान जनताको लागि बन्दैन ।’

उहाँले संविधानहरु पटक पटक संशोधन हुँदा समेत जनताको समस्या समाधान गर्न नसकेको टिप्पणी गर्नुभयो ।




भर्खरै