५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को परिक्षामा बेहेरेश्वर माविका सतप्रतिशत विद्यार्थी उत्तीर्ण
अ+ अ-

भोजपुर । रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा सतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ ।

परिक्षामा सामेल सम्पूर्ण विद्यार्थी पास गराएर बेहेरेश्वर माध्यमिक विद्यालय कोशी प्रदेशमा पहिलो बनेको वडाध्यक्ष जगतबहादुर चौहानले जानकारी दिनुभयो । राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नजिताअनुसार सतप्रशित विद्यार्थी उत्तीर्ण गराउनेमा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये पहिलो बनेको उहाँको दाबी छ । सामुदायिकतर्फ कोशी प्रदेशमा यो विद्यालय प्रथम बनेको वडाध्यक्ष चौहानले बताउनुभयो ।

“बेहेरेश्वर मावि कक्षा १२ को नतिजामा कोशी प्रदेशमा प्रथम बनेको छ”, वडाध्यक्ष चौहानले भन्नुभयो, “शैक्षिक सुधारका क्षेत्रमा विभिन्न काम गरेसँगै विद्यालयलाई कोशी प्रदेशमा पहिलो बनाउन सफल भएका छौँ ।” विसं २०७५ बाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा चार वर्षसम्म वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष चौहानले बताउनुभयो ।

यो विद्यालयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत अध्ययन गरेको उहाँको भनाइ छ । विसं २०१९ मा पूर्व राष्ट्रपति भण्डारीका पिता रामबहादुर पाण्डेले प्राथमिक विद्यालयमा स्विकृत गराएको उहाँले जानकारी दिनुभयो । रासस