२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा प्रधानमन्त्रीलाई माओवादी सांसद पुनको प्रश्नैप्रश्न



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधानमन्त्रीलाई एकपछि अर्को प्रश्न गर्दै सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले सरकारको तिब्र आलोचना गर्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले आर्थिक वर्ष २०८१/८२ मा साना सहकारी वचतकर्तालाई पाँच लाख रुपैयाँ फिर्ता गर्ने प्रचण्ड नेतृत्वको सरकारको नीति समेत कार्यान्वयन नगरिएको बताउनु भयो ।

रिक्सा, सैलुन, चटपटे व्यवसाय सञ्चालन गरेका वचतकर्ताको फिर्ता गर्नुपर्दैन ? उहाँको प्रश्न छ । उहाँले मिटरब्याज पीडितका लागि अघिल्लो सरकारले अघि सारेको न्यायिक छानबिन र कारबाही प्रक्रिया रोकिएकोप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माण ढिलाईबारे समेत प्रहार गर्दै तेस्रोपटक म्याद थपिसक्दा पनि काम सम्पन्न नभएको उल्ले गर्नुभयो । उहाँले सिंहदरबार परिसरमै निर्माणाधीन संसद भवनको प्रगति र विवरण संसदमा प्रश्तुत नगरेको विषयमा पनि प्रधानमन्त्रीको जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८१/८२ मा साना सहकारी बचतकर्ताको पाँच लाख रुपैयाँ फिर्ता गर्ने नीति किन कार्यान्वयन गर्न सक्नु भएन ? रिक्सा चलाएर, सैलुन चलाएर चटपटे बेचेर साना किसानहरुका बचतहरु फिर्ता गर्नु पदैन ? मिटरब्याज पीडितहरुको न्यायको लागि प्रचण्ड सरकारले अघि सारेको न्यायिक छानविन र कारबाही प्रक्रिया किन रोकियो ? तपाईले अस्ति त कीर्तिपुर क्रिेकट रंगशाला बनिसकेको हेर्न जान भनेर सामाजिक सञ्जालमा जुहारी खेल्नु भएको थियो । थियो । तेस्रो पटक म्याद थप हुँदा समेत खै रंगशाला बनेको ? सिंहदरबारभित्रै संसद भवन निर्माणको स्थिति के छ ? किन यो विवरण यहाँ प्रश्तुत भएन ? किसानहरुले समयमा मलखाद पाएका छैनन् । आज मात्रै कृषिमन्त्रीज्युले यहाँ केही जानकारी दिने कोशिस गर्नुभयो । आयात गरिएको मल समेत किसानको खेतमा पुगेको छैन । सत्तारुढ दलकै नेताहरुले पटक पटक मलका कुराहरु उठाउँदा सरकार किन सुन्न तयार छैन ।’

उहाँले आयातित मल समेत किसानको खेतमा नपुगेको र सत्तारुढ दलकै नेताहरुले पटक–पटक आवाज उठाउँदा पनि सरकार किन सुन्न तयार छैन ? भन्दै प्रश्न गर्नुभयो ।