१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ



अ+ अ-

काठमाडौं, २९ साउन । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिनुुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह प्रा डा पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा भरत खत्रीले सपथ लिनुुभएको हो ।

कार्यक्रममा कुलपति ओलीले स्वच्छ र पारदर्शीरुपमा देखिने खालको काम गर्न सफलता मिलोस् भनी शुभकामना दिनुभयो ।