५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ पिरियड प्रकरणमा सभापतिले राजीनामा दिएर मात्र पुग्दैन, कानूनी कारबाही होस्ः राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धुर्वबहादुर प्रधानले कुलिङ अफ पिरियड व्यवस्थामाथि छेड्खानी गर्नेलाई कानूनी कारबाहीमा ल्याउन माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाल राजीनामा दिएर मात्र नपुग्ने बताउनु भयो ।

उहाँले भिजिट भिसा दुरुपयोगबारे सरकारले कुनै चासो नदेखाएको आरोप लगाउनु भयो । उहाँले भिजिट भिसामा गएमा रोजगारी पाइन्छ भनेर जनतामा भ्रम छरेर तस्करी गर्नेहरुलाई कानूनी कारबाही गर्न माग समेत गर्नुभयो । उहाँले भिजिट भिसाको दुरुपयोग गर्नेलाई कारबाही गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुलिङ अफ पिरियडको व्यवस्थामा छेड्खानी गर्ने व्यक्तिले राजीनामा दिएर मात्र पुग्ने हो कि होइन ? जसले नियतवस गल्ति गरेको छ उसले सजायको भोगि भएन भने सबै माननीयज्यूहरुले राजीनामा दिनुपर्ने अवस्थाहरु हुन सक्छन् । तैपनि यो सदन अडेको छ, छानविन समिति गठन भयो । प्रतिवेदन आयो र निराकरणको प्रक्रियामा रहेको छ । जुन श्रम मन्त्रालयअन्तर्गतका मेनपावरको जालो छ । जसको कारण गृहमन्त्रालय समेत भिजिट भिसा प्रकरणमा मुछियो । र इमिग्रेसन समेत मुछिएको अवस्था आयो । जो पनि भिजिट भिसामार्फत गएर रोजगारी पाइन्छ भनेर भ्रम छरेर तस्करी गर्नेलाई कानूनी कारबाहीको बारेमा कुनै कुरा भएन । गृहमन्त्रीको राजीनामासँग मात्र यस विषयको सरोकार भएन । हामीले पटक पटक  कुरा उठाएका छौं । यसको छानविनको लागि न्यायिक छानविन आयोग गठन गरियोस् । हामी संसदको अपमान नभई सम्मान होस् भन्न चाहेका छौं । तर भाषणमा मात्र समिति राखिन्छ । मुल तस्करलाई कारबाही नगरेसम्म हाम्रो संसद बहिस्कारको क्रम जारी रहन्छ ।’

उहाँले भिजिट भिसा प्ररणको निष्पक्ष छानविन नभएसम्म आफ्नो पार्टीले संसल बहिस्कार गर्दै जाने समेत बताउनु भयो ।