२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि



अ+ अ-

सङ्खुवासभा। यहाँको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अभाव हुँदा ‘प्यासेज’ र हलमा बिरामी राख्नुपर्ने बाध्यता भएको छ । अस्पतालका सूचना अधिकारी सुमित्रा सापकोटाका अनुसार वैशाख यता स्क्रब टाइफसका २१४, डेङ्गी सङ्क्रमित ५६ र भाइरल ज्वरोका ११७ जना बिरामी भेटिएका छन् ।

स्क्रब टाइफस रोग एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना बिमिरा आउने, पसिना आउने, ग्रन्थी सुनिनेलगायतका लक्षण देखिन्छ । रासस