काठमाडौं। झापाको बालुवाटार जग्गा प्रकरणमा माओवादी नेता गगन पुरीसहित ९ जना दोषी ठहर भएका छन्। विशेष अदालतले उनीहरूलाई कैद सजायसहित जरिवाना गर्ने आदेश दिएको हो।
अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीश मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सात जना मालपोत तथा नापी कार्यालयका कर्मचारी र दुई जना जग्गाधनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ज) बमोजिम मूल प्रतिवादी सरह सजाय हुने निर्णय सुनाएको हो।
निर्णयअनुसार, पुरीलाई मुख्य अभियुक्त ठहर गर्दै एक वर्ष कैद र २० लाख ८३ हजार ६७१ रुपैयाँ जरिवाना गरिएको छ। अन्य दोषी कर्मचारीहरूलाई तीन महिना, छ महिना र एक वर्षको कैद सजाय तोकिएको छ। उनीहरूलाई १८ हजार ३४४ रुपैयाँदेखि १८ लाख ७४ हजार ३९८ रुपैयाँसम्म जरिवाना पनि लगाइएको छ।
फैसलाअनुसार, तीन जनालाई एक वर्ष, दुई जनालाई ६ महिना र बाँकी तीन जनालाई तीन महिनाको जेल सजाय हुने भएको छ।










