१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोडसेडिङको हल्ला निरर्थकः मन्त्री खड्का



प्रतिनिधिसभा बैठक काठमाडौँ, ९ असारः उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुको मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो जिकिर गर्नुभएको हो ।

मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको उहाँको भनाइ छ । उहाँले विद्युत विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तिव्रताका साथ  अगडि बढाइरहेको समेत बताउनु भयो । उहाँकाअनुसार हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भइरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत आयात भइरहेको छ । सरकारले विद्युत निर्यातको माध्यमबाट पाँच अर्ब बराबर मुनाफा भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘१७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत हामीले निर्यात गरिरहेका छौं भने आयात १२ अर्ब ९२ करोडको गरिराखेका छौं । झन्डै ५ अर्ब रुपैयाँ बराबरको मुनाफा हामीले लिइरहेको अवस्था छ । देशभरीको कुरा गर्ने भने केही क्षेत्रमा विद्युत पु¥याउन बाँकी छ । ति ठाउँहरुमा पनि विद्युत आपूर्ति गरिराखेको अवस्था छ । हामीले सुधारलाई तिव्रताका साथ अगाडि बढाएका छौं । र उत्पादनलाई पनि निरन्तरता दिएका छौं । त्यसो हुँदा लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु ।’

मन्त्री खड्काले वैकल्पिक उर्जा विकासका लागि समेत सरकार लागिपरेको बताउनु भयो ।