२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा सांसद झाको प्रश्नः कारागारभित्र हातहतियार कसरी जान्छ ?



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाउनुभएको छ ।

बुधवार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उहाँले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गर्नुभएको हो । कारागार सुरक्षाका लागी जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोवार भइरहेको उहाँको भनाई छ । कारगारभित्र खुलेआम रुपमा पैसाको लेनदेन, मादकपदार्थको विक्री वितरणका साथै हातहतियार समेत प्रवेश गर्नु गम्भिर भएको उहाँले बताउनु भयो ।

उहाँले यसतर्फ गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभएको छ ।  उहाँले भन्नुभयो, ‘कारागारभित्र हातहतियार कसरी जान्छ ? कारागारभित्र मादक पदार्थ कसरी जान्छ ? कारागार भित्र हामी सुरक्षा गर्नलाई कारागारमा जेलरको व्यवस्था गरेका छौँ । सुरक्षा दिने निकाय छ, हामीसँग । प्रशासन छ, हामीसँग । तर भित्र चाँही पैसाको लेनदेन, मादक पदार्थको विक्री वितरण । त्यसपछि हातहतियार समेत पुगेको अवस्था । कसरी हुन्छ, यतातिर मन्त्रालयलाई गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’ 

उहाँले कारागारमा चौकीदार, नाईके, भाईनाईके जस्तो नेतृत्वमा पुग्नको लागी हिसांत्मक घटना हुने गरेको बताउनु भयो । यस्तै उहाँले क्षमताभन्दा बढी कैदीबन्दी राख्दा पनि कारागारमा समस्या आउने गरेको बताउनु भयो । ७२ जिल्लामा ७५ वटा कारागार रहेको उल्लेख गर्दै उहाँले भक्तपुर, धनुषा, बारा, पुवी नवलपरासी र पुर्वी रुकुम गरी पाँच वटा जिल्लामा अझै कारगार नरहेको उल्लेख गर्नुभयो ।