२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनमन्त्री शाही र एमसिसीका सहायक उपाध्यक्ष विङ्गेलबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग एमसिसीका सहायक उपाध्यक्ष जोन विङ्गलले भेटवार्ता गर्नुभएको छ । मन्त्रायलमा आज भएको भेटवार्तामा मन्त्री शाहीले नेपालको समग्र विकासमा निरन्तर सहयोग गरेकामा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

एमसिसी परियोजनाका लागि निरन्तर सहकार्य गरेकामा अमेरिकी सरकारको प्रशंसा गर्दै उहाँले यस सुरुवातसँगै, उच्च गुणस्तरको प्रसारणलाइन र स्तरोन्नतिसहितका राजमार्ग र नेपालमा कनेक्टिभिटी अभिवृद्धि गर्ने सरकारको प्रयास साकार हुनलागेको उल्लेख गर्नुभयो ।

यस परियोजनाको कार्यान्वयनले द्विपक्षीय सम्बन्ध सुदृढ बनाउनुका साथै एकआपसमा विश्वास थपेको उल्लेख गदै मन्त्री शाहीले प्रसारणलाइन परियोजनाले नेपालको आन्तरिक विद्युत् आपूर्तिलाई मात्र नभई नेपाल र भारतबीच विद्युत् व्यापारलाई पनि सहज बनाएको बताउनुभयो । उहाँले नेपालको बिजुलीलाई बाँकी एसियासँग जोड्नेमा विश्वास व्यक्त गर्नुभयो ।

सहायक उपाध्यक्ष विङ्गलले एमसिसी परियोजनाको कार्यान्वयनबारे चासो व्यक्त गर्नुभएको थियो ।