१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा दुरुपयोगको छानविन गर्न संसदले पहल नगरेको भन्दै राप्रपाको आपत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले भिजिट भिसा दुरुपयोग प्रकरणको छानविनका लागि संसदले पहल नगरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले सरकारको भिजिट सिभा प्रकरणको छानविन रोक्ने सरकारको नियतलाई सघाउने काम संसदबाट समेत भइरहेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह मन्त्रालयका उच्चपदस्थ कर्मचारीको समेत संलग्नता रहेको उल्लेख गर्दे उहाँले उक्त प्रकरणको स्वतन्त्र छानविनका लागि सदनले कुनै पहल नगर्नु दुःखद् भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिपक्षी दलहरुले भिजिट भिसाको आवरणमा गृह मन्त्रालयको उच्चस्तरको पदाधिकारीहरुको संलग्नतामा संगठित असुलि गर्ने काम भएको र यसलाई मन्त्रालयले कुनेै न कुनै रुपमा संरक्षण गरेको प्रमाण आएको विषयमा संसदीय उच्चस्तरीय छानविन गर्ने कुरामा यो सदनले कुनैपनि पहल नगर्नु दुःखद् विषय बनेको छ ।’

उहाँले सरकारले भिजिट भिसा प्रकरणको छानविन गर्नुको सट्टा कुन गृह मन्त्रालयको पालामा कति जना गए भनेर तथ्य मोड्न लागेको आरोप लगाउनु भयो । भिजिट भिसा प्रकरणको छानविनको माग गर्दै प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै बाहिरिएका छन् ।