२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैकल्पिक विकास वित्त परिचालन आइटी क्षेत्रमा पनि गर्नुपर्छः विराजभक्त श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको कानूनमा आइटी क्षेत्रलाई समेट्नुपर्ने बताउनुभएको छ ।

अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा उहाँले विधेयकले आइटी क्षेत्रलाई समेट्न नसकेको भन्दै आपति जनाउनुभएको हो । अहिले भइरहेका संरचनाहरुले गरिरहेकै क्षेत्रमा वैकल्पिक वित्त परिचालन गर्न जरुरी नरहेको समेत उहाँको भनाई छ । विधेयक पुरातन सोचबाट आएको उहाँको आरोप छ ।

सांसद् श्रेष्ठले भन्नुभयो– ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि सरकारले बनाउन लागेको यो कानूनले आइटीलाई छोएको देखिएन । पुरातन शैलीको सोचबाट विधेयक ल्याएको देखियो । यसरी  विधेयक ल्याएर हुँदैन । आइटी क्षेत्रलाई समेट्नुपर्छ ।  वैकल्पिक वित्त परिचालनको क्षेत्रमा जुनकुराहरु राखिएको छ, ती अहिलेकै संरचनाबाटै गर्न सकिन्छ भने छुट्टै संरचना किन आवश्यक प¥यो । सरकारले स्पष्ट पार्नुपर्छ ।’

उहाँले टे«जरीबाहेकका क्षेत्रबाट स्रोत जुटाएर गरिने लगानीको जोखिमबारेमा समेत विधेयकले सोच्नुपर्नेमा जोड दिनुभयो ।