काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
दुई नेताबिच श्रेष्ठ निवास हात्तीवनमा भेटघाट भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।
भेटमा वर्तमान राजनीतिक परिस्थिति, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रका निम्ति गर्नुपर्ने कामबारे कुराकानी भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।










