३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

‘राप्रपा विभाजन तागत कसैसँग छैन, पार्टीको निर्णय चित्त नबुझे महाधिवेशनबाट नेतृत्वमाथि चुनौति दिनुस्’: अध्यक्ष लिङदेन

‘राप्रपा विभाजन तागत कसैसँग छैन, पार्टीको निर्णय चित्त नबुझे महाधिवेशनबाट नेतृत्वमाथि चुनौति दिनुस्’: अध्यक्ष लिङदेन
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताउनुभएको छ । अध्यक्ष लिङदेनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने स्पष्ट पार्नुभएको हो ।

उहाँले राप्रपा अब कहिल्यै विभाजन नहुने बताउनु भयो । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसको केही अवशेषहरु अझै भएपनि अब त्यो सम्भावना नरहेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो लामो समयदेखि एउटा प्रवृति थियो । जो चित्त नबुझ्ने बित्तिकै अर्को पार्टी खोलिहाल्ने, फुटाइहाल्ने त्यो चिज मेरो कार्यकालमा आएन र त्यो देखिने गरी केही भएको थिएन तर कहिलेकाहीँ त्यो प्रवृत्तिको अवशेष देखिने कोशिस गर्छ तर अब त्यो सम्भावना पनि छैन राप्रपामा र म यति नै भन्छु यो विषय चाहीँ हामी पार्टी मै बसेर टुङ्याउँछौँ ।’

उहाँले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताउनु भयो । चित्त नबुझेका विषयहरु पार्टीका समितिहरुमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्ष लाई सबैले मानेर जानुपर्ने बताउनु भयो । पार्टीका समितिहरुमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथी नै चुनौती दिन सकिने उहाँको भनाई छ । तर पार्टीको आन्तरिक विषयहरु सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न नहुने उहाँले बताउनु भयो ।

विवादबारे उहाँले भन्नुभयो, ‘बाहिर जो आईरहेको छ, यसलाई चाहीँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छौं । त्यो विवादका पार्टीका रुपमा रहेका साथीहरुलाई पनि म आग्रह गर्छु । पार्टी भनेको समान विचारका मानिसहरुको अथवा विचार मिल्ने मानिसहरुको संगठित संस्था हो । त्यसमा केही अनुशासन हुन्छ, केही पद्धतिहरु हुन्छन् । कमिटी प्रणाली हुुन्छ । चित्त नबुझेका विषयहरु कमिटिमा छलफल गर्ने, छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जाने, त्यसमा आफ्ना कुरा पारित हुन सकेन अल्पमतमा परियो चित्त बुझेन भने महाधिवेशनमा गएर टुंगो लगाउन सकिन्छ । नेतृत्वमाथी नै विश्वास भएन, नेतृत्वसंगै आफ्ना चित्त बुझेन भने नेतृत्वमाथि नै चुनौति दिने महाधिवेशनमा लाग्यो भने पनि पार्टीभित्र ती प्रक्रियाहरु खुल्ला हुुन्छन् । तर पार्टीको आन्तरिक विषयहरु संचारमाध्यममा लैजाने,शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न अनुपयुक्त हुन्छ । सदाझै हामी यो समस्यालाई समाधान गरेर लान्छौ ।’

उहाँले असन्तुष्ट पक्षहरुले अध्यक्षले विद्यान विपरित काम गरेको भन्ने आरोपको खण्डन पनि गर्नुभएको छ । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरु हेरफेर गरिएको उहाँको दाबी छ । विधानले अध्यक्षलाई समितिहरु गठन गर्ने, जिम्मेवारीहरु बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीहरु तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘यसमा मैले नयाँ काम गरेको होइन, त्यो । म अध्यक्ष भइकनको पहिलो काम पनि होइन, त्यो । नियमित रुपमा विभागहरुको हेरफेर गर्ने, जिम्मेवारी हेरफेर गर्ने कामहरु पहिले पनि भइराखेका हुन्थे । त्यही क्रममा यसपटक पनि भएको थियो । यो पटक विभागहरुको हेरफेर गर्दाखेरी एउटा व्यक्ति जसले चाहीँ अहिले कम्प्लेन गर्नुभयो, चित्त बुझाउनुभएन । उहाँको मात्रै होइन धेरै मान्छेहरुको हेरफेर गरिएको थियो जिम्मेवारीबाट । पार्टीको विधानले नै अध्यक्षलाई दिएको सुविधा हो, विभिन्न समितिहरु गठन गर्ने, जिम्मेवारीहरु बाँडफाँड गर्ने, पदाधिकारीहरुलाई, सदस्यहरुलाई जिम्मेवारीहरु तोक्ने, परिचालित गर्ने अध्यक्षको जिम्मेवारी हो । त्योअनुसार नै गरेको कामहरु हो ।’

नेपाल जस्तो भूराजनितिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुने बताउनु भयो । राप्रपाले निरन्तर रुपमा राजसंस्थाको लागि आवाज उठाईराखेको भन्दै उहाँले पछिल्लो दिनमा राजसंस्थाको माहोल पनि बन्दै गइरहेको बताउनु भयो । पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैैको पृष्ठभूमीलाई आधार मान्दा राजसंस्था पुन:स्थापना निकटमा पुगेको उहाँको दाबी छ ।

उहाँले भन्नुभयो,‘नेपाल जस्तो भुराजनितिक परिस्थिति भएको देशको लागी अभिभावकीय संस्थाको रुपमा राजसंस्स्था उपयुक्त हुन्छ भनेर हामीले निरन्तर रुपमा आवाज उठाईराखेका छौँ । अहिले पछिल्लो दिनमा जुन परिवेश बनिरहेको बन्दै गएको छ, जनमत बन्दै गएको छ । त्यो सबैै पृष्ठभूमिमा अब राजसंस्था पुन:स्थापना चाँही निकटमा पुगेको छ भन्ने मलाई लाग्छ ।’

उहाँले राजसंस्था पुन:स्थापना पक्षधरहरु पनि एकजुट हुँदै गएको बताउनु भयो । गत जेठ १५ गते राजसंस्था पक्षधहरुले कार्यक्रमले पनि राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरु एकठाउँ उभिएको संकेत गरेको उहाँको दाबी त । उक्त कार्यक्रमले कुनै ठोस परिणाम नदिएपनि एउटा सकारात्मक सन्देश प्रवाह गर्न आफूहरु सफल भएको उहाँको भनार्ई छ ।

उहाँले भन्नुभयो, ‘राजसंस्था पुन:स्थापना पक्षधर विभिन्न पार्टी संघसंस्थाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी मुल शक्ति हो भन्ने कुरामा कुनै विवाद छैन । राप्रपाले जहिलेपनि यो समान समान दृष्टिकोण राख्ने सबै शक्तिहरु एकठाउँ भएर नै अगाडी जानुपर्दछ भन्ने आफ्नो धाराणा राख्दै आएको छ । विगतको तुलनामा हामीले जेठ १५ गते जुन कार्यक्रम आयोजना गर्‍यौँ । त्यसले परिणाम त दिएन र कुनै एकैदिनको कुनै कार्यक्रमले सबै परिणाम ल्याउन भन्ने कुरा पनि हुँदैन तर त्यसबेला एउटा सकरात्मक सन्देश हामी प्रवाह गर्न सफल भयौँ । एउटा राम्रो सिलसिलाको प्रारम्भ भयो । राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरु एकठाउँ उभिएर चाहीँ अगाडी बढ्यौँ । यसमा भएका कमीकमजोरीहरुलार्ई सच्याएर आगामी दिनमा अगाडी जान सकिन्छ भन्ने प्रष्ट भएको छ ।’

राजसंस्था पक्षधहरुबीच देखिएका कमीकमजोरीहरुलार्ई सच्याएर आगामी दिनमा अगाडी बढ्न सकिने उहाँले बताउनु भयो । उहाँले पार्टीबाट कसैलाई निस्काषन नगरिएको पनि बताउनु भयो । अध्यक्षले मनोनितत गर्न पाउने पदहरुलाई परिवर्तन गर्र्ने पुुरानै परम्परा रहेको पनि उहाँको दाबी छ ।

उहाले भन्नुभयो,‘अध्यक्षले मनोनित गर्न पाउने जति पदहरु छ, त्यो हामीले परम्परागत रुपमा नै परिवर्तन गर्दे आईराखेको हो । विभागको प्रमुख तोक्ने, विभागको सदस्य सचिव तोक्ने, ससदस्य तोक्ने भनेको अध्यक्षले नै हाम्रो पार्टीमा चाँही व्यवस्था छ । त्यही हामीले पहिलेदेखी गर्दै आएका छौँ । कसैलाई पार्टीबाट निकालिएको होइन, कारबाही गरिएको होइन ।’

उहाँले निर्वाचन आयोगमा उजुुरी दिएकाहरुप्रति लक्षित गर्दै पार्टी भित्रको आन्तरिक विवाद हेर्ने निर्वाचन आयोगको कार्यक्षेत्र नै नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगको कार्यक्षेत्र नै होइन, राप्रपाको प्रवक्ता को हुनुपर्छ, विभागको सदस्स्यसचिव को हुनुपर्छ , विभाग प्रमुख को हुनुपर्छ भन्ने कुरा निर्वाचन आयोगको काम नै होइन ।’

राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उहाँले बताउनु भयो । – न्युज एजेन्सी नेपाल