काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनको लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरुप उपलब्धिहरु नयाँ संविधानमार्फत प्राप्त भएको बताउनु भयो । उहाँले संविधानको प्रश्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको बताउनु भयो । आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली काँग्रेस संवेदनशिल रहेको पनि बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरुप उपलब्धिहरु नयाँ संविधानमार्फत प्राप्त भएका छन् । संविधानको प्रश्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्यायको काम हुँदै आएको छ । नेपाली काँग्रेसले आफ्नो नीति कार्यक्रम र घोषणापत्रमै प्रतिवद्धता जनाउँदै आएको छ । आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली काँग्रेस संवेदनशिल छ । शिक्षा, स्वास्थ्य, रोजगारी, समावेशिता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चितता गर्ने समय सान्दर्भिक पहल गर्नुपर्छ । अब सामाजिक परिवर्तनको क्षेत्रमा हामी सबैले हातेमालो गर्दै अघि बढे निश्चय पनि सही गन्तव्यमा पुग्न सकिन्छ ।’
सभापति देउवाले आदिवासी, जनजातिको परम्परा र भेषभुषालाई संरक्षण र संवद्र्धन गर्दै आइरहेको बताउनु भयो ।










