१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रुपमा रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन् ।

नेपाली जनताको अभिमत बिना बिदेशी शक्तिको प्रभाब र प्रायोजनमा जबर्जस्ति लादिएको एजेन्डाले मुलुकको हित गर्न नसकिने उनले दाबी गरे । संघीयता नेपाली जनताले बुझ्दै नबुझेको भन्दै संघीयताको नाममा मुलुकले सेतो हात्ती पाल्न नसक्ने थापाले स्पष्ट पारे । २०६२/०६३ को परिबर्तनको समयमा आफुले धेरै नजिकबाट बिदेशी दबाब र प्रभाबलाई देखेको भोगेको थापाको दाबी थियो ।

मुकुकमा अहिले राजनितिको नाममा सिद्धान्तच्युत , भ्रष्ट , नौटङ्गी, ठगहरु हाबी भएको भन्दै थापाले मुलुकलाई स्वाधिन र समृद्ध बनाउने हो भने राप्रपा नेपालले लिएको बिचारधाराबाट मुलुकलाई अघि बढाउनु पर्नेमा उनको जोड थियो । मुलुकलाई बचाउन र बनाउन अब सम्बर्द्धनबादको मार्ग बाहेक अरु विकल्प नभएको भन्दै थापाले राप्रपा नेपाललाई मुलुकको बैकल्पिक राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा आफू अझै उच्च मनोबल सहित कृयाशिल भएको उनको धारणा थियो ।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा डा. बालकृष्ण दाहाल, डा.सुदर्शन सुबेदी, अर्थबिद प्रकाश थापा, कृषी बिज्ञ अश्विन आचार्य, बिष्णु तिवारी लगायत विभिन्न महत्त्वपूर्ण ब्यक्तिहरुलाई अध्यक्ष थापाले पार्टीमा स्वागत गरेका थिए ।