२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक नेतृत्वले सचिवहरुलाई पंगु बनायोः सांसद सिंह



अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पछिल्लो समय मुलुकमा राजनीतिक नेतृत्वले नै कर्मचारीलाई पंगु बनाएको बताउनुभएको छ ।

शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा कर्मचारीलाई राजनीतिक नेतृत्वले बिगारेको बताउनु भयो । उहाँकाअनुसार अहिले सचिवहरुले मन्त्रीको भनेको बाहेक अरु केही काम नै गर्दैनन् भने मन्त्रीको क्वाटर क्वाटरमा सचिवहरु धाउने प्रवृत्ति मौलाएको छ । सांसद सिंहले देश र व्यवस्था बचाउने जिम्मा कर्मचारीतन्त्रको आएका कारण मन्त्रीको ‘गोटी’ नबन्न आग्रह गर्नुभयो ।

सांसद सिंहले भन्नुभयो–‘सचिवहरुले आत्मसम्मान गुमाउनु भएको छ । राजनीति नेतृत्वले नै सचिवलाई पंगु बनायो । मलाइ थाहा छ भ्रष्टाचारका काण्डमा साना कर्मचारी फसिरहेका छन् । तर पनि देश र व्यवस्था बचाउने जिम्मा यहाँहरुको काँधमा आएको छ, देश बचाइदिनुस्, व्यवस्था बचाइदिनुस् ।’

सांसद सिंहकाअनुसार अहिले मुलुकमा मिलेमत्तोमा भ्रष्टाचार बढेको छ । जसकारण प्रत्येक वर्ष बेरुजु मौलाएको छ । नेपालमा जति लुट अहिले दुनियाँमा अन्त्य कही नरहेको समेत उहाँले ठोकुवा गर्नुभयो । सांसद सिंहकाअनुसार प्रदेश भ्रष्टाचारका अखडा बनेका छन् । साधारण खर्चमा एशिया टपमा नेपाल पर्न थालेको छ । मुलुकमा जति भ्रष्टाचार बेथिति बढ्छ, झनै देश छाड्नेहरु बढ्ने उहाँको भनाइ रहेको छ ।