२२ भाद्र २०८३, सोमबार
,
Latest
‘केनाइन’को प्रयोग गर्दै खोज तथा उद्धारमा सक्रिय नेपाल प्रहरी दिप्रुङ चुइचुम्माले थाल्यो आफ्नै प्रशासनिक कार्यालय भवनबाट सेवा प्रवाह नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेललाई किस्ताबन्दी सुविधा दिनु गलतः अध्यक्ष लिङदेन



फाईल फोटो
अ+ अ-

काठमाडौँ ।सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नविकरण शुल्क बापत तिर्नुपर्ने रकम किस्ताकिस्तामा बुझाउनसक्ने सुविधा दिएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले असहमति जनाउनुभएको छ ।

शुक्रवार सार्वजनिक लेखा समितिमा भएको बेरुजुका बारेमा भएको छलफलमा एनसेल राज्यको नियन्त्रणमा आउन लागेका बेला किस्ताबन्दी सुविधा दिएर लुट मच्चाउन खोजिएको आरोप लगाउनु भयो । उहाँकाअनुसार यस्तै लूटका कारण मुलुकमा भ्रष्टाचार चुलिँदै गएको छ भने बेरुजु पनि बढेर गएको छ । लिङदेनले कर्मचारी तन्त्रलाई विचौलियाहरुले कब्जामा लिने र सोही अनुसार सचिव मन्त्रीहरुले काम गर्ने, न्यायलयले समेत सोहीअनुसारका आदेशहरु दिँदै जाँदा आम जनतामा निराशा चरम रुपमा बढेर गएको छ ।

अध्यक्ष लिङदेनले भन्नुभयो– ‘एनसेलले सारा सम्पत्ति जिम्मा लगाएर जाने बेला भइसक्यो । हामी किस्ताबन्दी सुविधा दिइरहेका छौं ।  कसको प्रभाव दियौं, किन दियौं, त्यही हो बेरुजु । बेरुजु त्यसै बढेको छैन्, विचौलिया व्यापारी, नेता, न्यायलयसम्मकै हात छ ।’

अध्यक्ष लिङदेनकाअनुसार  कर्मचारीको नेतृत्वले देशलाई केन्द्रलाई राखेर काम गर्छु भनेर काम गर्ने हो भने बेरुजु, भ्रष्टाचार कम हुनसक्छ । बेरुजु नहुने वातावरण सिर्जना गर्नेगरी योजना बनाउन जरुरी रहेको उहाँको भनाई छ । पछिल्लो समय  ठूलो अंकमा योजना राख्ने, निश्चित कम्पनीलाई प्रतिष्पर्धा बेगर जिम्मा दिने प्रवृत्ति देशमा मौलाएको भन्दै लिङदेनले त्यो प्रवृत्तिले देशलाई हित नगर्ने समेत प्रष्ट पार्नुभयो ।