१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसाबारे राप्रपा र रास्वपाको आन्दोलनलाई सरकार र संसदले चासो देखाएनः सांसद सिंह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणलाई लिएर आन्दोलन गरेको ७० दिन बितिसक्दा पनि सरकारले चासो नदेखाएको बताउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । संसदमा दुई राजनीतकि दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बहिष्कार गर्दै आएको छ । उनीहरुले उच्चस्तरको छानविन समितिको माग गर्दै संसद अवरोध गर्दै आएका छन् । तर सरकारले आन्दोलन गरेको ७० दिनसम्म पनि चासो नदिनु दुःखद् भएको बताउनु भयो । भिजिट भिसाको नाममा बहिष्कार गर्नेहरुलाई नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिवदमा उत्रिने भन्नुभएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘भिजिट भिसाबारे ७० दिन नाघिसकेको छ, हामीले आन्दोलन गरेको । तर यसमा न सरकारले सुनेको छ । न सभामुखज्युले नै चासो देखाएको हामीले महशुस गरेका छौँ । हिजो भर्खर पनि भिजिट भिसाको नाममा बहिष्कार गर्नेहरुलाई हामीले सभासदहरुले प्रतिवादमा उत्रिनुपर्छ भन्नेकुरा काँग्रेसका प्रमुख सचेतकज्युले भनिसक्नुभएको छ । के सरकारको सुशासन भनेको यही हो । भिजिट भिसामा दैनिक ५० लाख असुली धन्दा गरेर हाम्रा छोराछोरीलाइ विदेश पठाउने र भिजिट भिसामा गएका हाम्रा भाई छोरा विचल्ली हुँदा केही नगर्ने के यही दिनको लागि यो गणतन्त्र ल्याएको हो ?’ 

सांसद सिंहले रोजगारी देशमा दिनसक्नुपर्ने बताउनु भयो । संसदको बैठक बहिष्कार गरेको दिनको भत्ता राप्रपा सांसदहरुले नलिने पनि घोषणा गर्नुभयो ।