५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरण राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध, दलाल संरचनको कर्तुत होः रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार व्यक्तिगत भुल र प्रशासनिक त्रुटी मात्रै नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैकठमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली युवाहरु भविष्यको कर्णधार भएको र रोजगारी र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरका लागि विदेशिन बाध्य भएको बताउनु भयो । उहाँले भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार युवाहरुको भविष्यलाई ध्वस्त पार्दै राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने काम भएको बताउनु भयो । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध, दलाल संरचनको कर्तुत नै भिजिट भिसा प्रकरण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली युवाहरु जो भविष्यका कर्णधार हुन् । रोजगारी र शिक्षाको खोजिमा आशाको दियो लिएर अवसरका लागि विदेशिन बाध्य छन् । त्यही आशालाई ध्वस्त पार्दै र राष्ट्रकै प्रतिष्ठामा धब्बा लगाउने कार्य भएको छ । भिजिट भिसा प्रकरणको नाममा भएको संगठित भ्रष्टाचार । यो केबल व्यक्तिगत भुल र प्रशासनिक त्रुटी होइन । राज्य सत्ताको संरक्षणमा लुकाइएको संगठित, योजनावद्ध, दलाल संरचनको कर्तुत हो । यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न आज प्रत्येक नेपालीको मनमा छ ।’

सांसद श्रेष्ठले भिजिट भिसा प्रकरणबारे बनेको छानविन समिति टालटुले समिति भएको बताउनु भयो ।




भर्खरै