२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबाट वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाको अवलोकन गर्नु भएको छ ।

सोमबार प्रथम महिला सविता पौडेलसहित वसन्तपुर क्षेत्रमा पुग्नुभएको राष्ट्रपति पौडेलले हनुमानढोका दरबार सङ्ग्राहलयको पनि अवलोकन गर्नुभएको थियो ।

राष्ट्रपति पौडेललाई दरबार स्क्वायर क्षेत्रमा पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, हनुमानढोका दरबार सङ्ग्राहलय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गर्नुभएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले हनुमानढोका दरबार स्क्वायरमा रहेका कालभैरब, तजेजु मन्दिर, नौ तले दरबार, नासल चोक, मुलचाेक, त्रिशुलचाेकलगायतका स्थानको अवलोकन गर्नुभएको थियो । साे क्रममा प्रतिनिधिसभा सद्स्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वर्जाचार्य काठमाडौं महानगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरूलगायतकाे उपस्थिति रहेकाे थियाे ।




भर्खरै