७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै
अ+ अ-

मुस्ताङ। मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड जातको स्याउखेती गर्न थालिएको छ । स्थानीय जातका परम्परागत स्याउ बोटले भन्दा इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिडका बोटले गुणस्तरीय र छिटो उत्पादन दिने भएकाले यहाँको यसतर्फ आकर्षण बढेको हो ।

गतवर्षसम्म यहाँका किसानले ८९० हेक्टर जमिनमा हाइब्रिड जातका स्याउका बिरुवा लगाएका यहाँस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष थप जमिनमा बिरुवा लगाउनेको सङ्ख्या बढेको केन्द्रले जनाएको छ ।

सुरुआती चरणमा मनाङ एग्रो कम्पनीले यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिड स्याउखेतीको परीक्षण गरेको थियो । विसं २०७५ मा परीक्षण गरिएको परीक्षण सफल भएपछि यहाँका अरु किसानले पनि सोही प्रविधि अपनाएर खेती गर्न थालेका चिम्ले अचार्ड कृषि स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय मुस्ताङका पाँचै स्थानीय तहका किसानले स्थानीय जातलाई थाँती राख्दै हाइब्रिड स्याउखेती गर्न थालेका हुन् ।

स्थानीय जातका बोटको तुलनामा हाइब्रिड बोटले दोब्बर तथा गुणस्तरीय तथा आकर्षक उत्पादन दिने भएकाले किसानको आकर्षण बढेको सञ्चालक गुरुङको भनाइ छ । यहाँ उच्च घनत्वको नयाँ स्याउखेती अपनाउन थालिएसँगै ग्रेगान बगरबाट उच्चलेकसम्म बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय यहाँको कालीगण्डकी तटीय भू-भागको गेग्रान बगरबाट शाखा नदीको खाली गेग्रान बगरमा हाइब्रिड स्याउखेती विस्तार भइरहेको केन्द्रले जनाएको छ । सामूहिक रूपमा नदी क्षेत्रको गेग्रान बगरबाट उच्च उचाइमा हाइब्रिड स्याउखेती गर्न थालिएको केन्द्रका प्रमुख राजेश गुरुङले जानकारी दिनुभयो ।

मुस्ताङमा सबै खेतीयोग्य जमिनमा ५० वर्षसम्मका स्थानीय जातका स्याउ बोट विद्यमान छन् । फल दिइरहेका स्थानीय जातका स्याउलाई कायम राखी खाली भएका सार्वजनिक जग्गामा हाइब्रिड जातका बोट रोपिएको उहाँको भनाइ छ ।

मनाङ एग्रो कम्पनीले यसवर्ष २० हजार हाइब्रिड जातका स्याउका बिरुवा मुस्ताङ पठाइएको थियो । यहाँको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाभित्र बाँझो जग्गा र गेग्रान बगरमा हाइब्रिड स्याउखेती गरिएको केन्द्रका प्रमुख गुरुङले जानकारी दिनुभयो ।

“सरकारी खेर गइरहेका गेग्रान बगरमा स्याउखेती गरिए पनि समुदायस्तरमा लाभ वितरण गरिने छ । यहाँको कूल भूगोलको दुई प्रतिशतको नक्सा नभएकाले समुदाय वा व्यक्तिलाई उक्त जग्गा भाडामा दिन कानुनी जटिलता देखिएको छ । सार्वजनिक जग्गाको वर्गिकरण गरी भाडामा दिन सके किसान आत्मनिर्भर बन्नुका साथै राजस्व वृद्धि हुनेछ”, उहाँले भन्नुभयो ।

नयाँ प्रविधिमा हाइब्रिड स्याउखेती गर्न थालेसँगै खेर गइरहेका बाँझो जग्गा, तटीय ग्रेगान बगर र उच्चलेकसम्म बिरुवा रोपिएको प्रमुख गुरुङले बताउनुभयो ।

थोरै क्षेत्रफलमा धेरै बिरुवा रोप्न सकिने, छिटो उत्पादन दिने, एउटा बोटले ३० किलोसम्म उत्पादन दिने भएकाले कृषक यसतर्फ आकर्षित भएका उहाँको भनाइ छ । उहाँले दुई सेन्टिमिटरको दूरीमा बिरुवा रोपिने जनाउँदै बजारीकणमा समस्या नहुने बताउनुभयो । रासस