५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको ब्यबस्था र प्रणालीसङ्ग जनता असन्तुष्ट छन्, बर्षा पछि आन्दोलन हुन्छ- कमल थापा



अ+ अ-

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम ब्यबस्था र प्रणालीसङ्ग जनता असन्तुष्ट रहेको भन्दै संविधानले दिएको अधिकार अनुसार नै बर्षा सिजन पछि ब्यबस्था परिबर्तनको लागि आन्दोलन हुने बताएका छन् ।

आज पार्टीको काठमाडौं -७ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा जनता नै सर्बेसर्बा हुने हुँदा जनताको परिबर्तनको चाहनालाई कुनै शक्तिले रोक्न नसक्ने स्पष्ट पारे । गत जेठमा भएको आन्दोलनमा तयारी , गृहकार्य, समन्वय र रणनीतिमा केही अभाब भएको कारण टुंगोमा नपुगेको भन्दै थापाले अब पुर्ण तयारीका साथ आन्दोलनको आबश्यकतामा जोड दिए ।

समान बिचार राख्ने र परिबर्तनको हुटहुटी भएकाहरुको बीच गम्भीर चिन्तन, तयारी र स्पष्ट कार्यदिशा सहित अघि बढ्नु समयको माग भएको भन्दै थापाले अहिलेको ब्यबस्थाले मुलुकको स्वाधिनता, अखण्डता, समृद्धिको चाहना पूरा हुन नसक्ने दाबी गरे ।

“भ्रष्ट उत्पादन गर्ने ब्यबस्था टिक्दै टिक्दैन , जनताले बिद्रोह गर्छन् ” थापाले थपे – सबै क्षेत्र लथालिङ्ग छ , मनपरितन्त्र र सर्बसत्ताबादी चिन्तन बोकेर अधिनायकवादि बाटोमा हिड्नेहरुलाई जनताले नसिहत दिने उनको भनाई थियो ।

आगामी निर्बाचनबाट जनताले मत र मन दुबै परिबर्तन गर्ने ठोकुवा गरे । भेलाले लाक्पा शेर्पाको अध्यक्षता २१ सदस्यीय क्षेत्रीय समिती निर्बाचित गरेको छ । कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल , अमर केशी, प्रदिप कार्की, उज्वल पोखरेल लगायले बोलेका थिए ।