७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

‘गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ’

‘गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ’
अ+ अ-

कञ्चनपुर। नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिने बताउनुभएको छ ।

आज शुक्लाफाँटा नगरपालिका-४ असैनास्थित कालिका माध्यमिक विद्यालयमा कल्की फाउण्डेसनले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले शिक्षामा गरेको लगानी व्यापार नभएर वर्षौँपछि प्रतिफल दिने दिगो योजनाका रूपमा रहेको धारणा राख्नुभयो । सामुदायिक विद्यालयमा पूर्वाधार विकाससँगै पढाइको गुणस्तर वृद्धिका लागि आधारभूत तहबाट सुधार गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

“अहिलेका अभिभावकले आफ्ना सन्तानलाई अङ्ग्रेजी भाषामा दखल बनाउने चाहना राख्नुहुन्छ । अभिभावकको मनोभावलाई बुझेर आधारभूत तहदेखि अङ्ग्रेजीमा पढाउने व्यवस्था गरिनु आवश्यक छ”, नेता साउदले भन्नुभयो । अङ्ग्रेजीमा पढाइ गर्ने सामुदायिक विद्यालयलाई अरु विद्यालयको तुलनामा  प्रोत्सहित गर्न बढी अनुदानको व्यवस्था गरिनुपर्ने उहाँले उहाँले दिनुभयो ।

“सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुन थालेपछि निजीमा बालबालिका पढाउने क्रम रोकिन्छ, सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्छ, त्यस कार्यले शिक्षामा गरेको लगानी खेर जादैन”, उहाँले भन्नुभयो । नयाँ पिँढीका लागि शिक्षामा गरिएको लगानीले आठ दशकसम्म प्रतिफल प्राप्त भइरहने उहाँले उल्लेख गर्नुभयो ।

“नयाँ सोचका साथ विद्यालय व्यवस्थापनको कार्यलाई अगाडि बढाइनुपर्छ”, नेता साउदले भन्नुभयो, “माध्यमिक तहमा पढाइ हुने विद्यालयमा कम्तीमा व्यवस्थापन समितिको अध्यक्षको योग्यता स्नातकतहसम्म निर्धारण गरी प्रभावकारी कार्यान्वयन गरिनुपर्छ ।” सरकारी विद्यालयको गुणस्तर सुधार गर्ने दायित्व सबैको भएकाले व्यवस्थापन पक्षलाई चुस्तदुरुस्त पारेमा सुधारका सङ्केत देखिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पूर्वपरराष्ट्रमन्त्री साउदले शुक्लाफाँटा नगरपालिकामा सडक, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, प्रशासनिक भवन निर्माणलगायत योजनाका लागि एसियाली विकास बैंकको रु अढाई अर्ब सहुलियत ऋण सहयोग उपलब्ध भएकामा रु एक अर्बको मात्रै योजना बन्नुले जनप्रतिनिधिको प्रशासनिक क्षमता कमजोर भएको प्रमाणित गर्ने धारणा राख्नुभयो ।

अहिले पनि एसियाली विकास बैंकको रु ८८ करोड बजेट आएकाले त्यसको सदुपयोग गर्दै गुणस्तरीय योजना बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । 

पूर्व-पश्चिम राजमार्गको अत्तरियाबाट गड्डाचौकीसम्म छ लेनको सडक निर्माणका लागि रु २१ अर्ब बढी बजेट विनियोजन भएकाले सडक निर्माणले गति लिएपछि यस क्षेत्रको विकासमा नयाँ आयाम थपिने नेता साउदले विश्वास व्यक्त गर्नुभयो । 

पूर्वमन्त्री साउदले आजै वडा नं ४ को सनवोरा र स्याली नदीको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । निर्माण भएका सडक, नगर अस्पताललगायत भौतिक पूर्वाधारको निरीक्षण गर्दै निर्माणमा भएका प्रगतिबारे उहाँले चासो राख्नुभएको छ ।  रासस