५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्थडे केक काट्दै थिए चक्रे मिलन, प्रहरीले पक्राउ गर्यो



अ+ अ-

काठमाडौँ । पहिले गुण्डा नाइकेका रुपमा परिचित चक्रे मिलन भनिने मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गएराति जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्ज क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो ।

चक्रे मिलन आफ्नो जन्मदिन मनाउन बाँसबारी रोडमा रहेको होटल साम्बालामा पुगेका थिए ।

मिलनसहित उनका सहयोगीलाई त्यहाँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार, चक्रे मिलनका समर्थकहरुले दुई दिनअघिबाटै जन्मदिन पार्टी मनाइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो उनी पशुपति क्षेत्रमा देखा परेका थिए ।

दिउँसो मन्दिर आसपास सहयोग माग्दै बसेका व्यक्तिहरुलाई पैसा बाँड्दै हिँडेको भिडियो टिकटकमा समेत भाइरल भएको थियो ।

पछिल्लो समय कुनै आपराधिक गतिविधिमा प्रत्यक्ष संलग्नता नदेखिएका मिलन सार्वजनिक स्थानमा हल्लाखल्ला गरेको आरोपमा पक्राउ परेको बुझिएको छ ।

तर, उनीहरुविरुद्ध के कसुरमा प्रहरीले मुद्दा चलाउँछ भन्ने टुंगो लागेको छैन ।