२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलराउन्डर वरीयतामा फेरि दोस्रो स्थानमा उक्लिए दीपेन्द्र सिंह ऐरी



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा सुधार गरेका छन् ।

उनी फेरि दोस्रो स्थानमा उक्लिएका हुन् । आइसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दोस्रो स्थानमा रहेका वेष्ट इन्डिजका रोस्टन चेजको वरीयता सात स्थान तल झरेपछि तेस्रो स्थानमा रहेका दीपेन्द्र एक स्थान माथि उक्लिए ।

भारतका हार्दिक पाण्ड्या शीर्ष स्थानमा छन् । तेस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् । यस्तै, चौथो स्थानमा इंग्ल्यान्डका लियान लिभिङस्टोन रहँदा पाँचौं स्थानमा वेष्ट इन्डिजका रोमारियो सेपहर्ड रहेका छन् ।