२२ भाद्र २०८३, सोमबार
,
Latest
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मंसिरसम्म भइसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले यसबारे जानकारी गराउनुभएको हो । उहाँले ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताउनु भयो । उहाँले नेपाली काँग्रेसको महाधिवेशन पाँच वर्षमै हुने गरेको बताउनु भयो । अहिले क्रियाशिल सदस्यता टुंगि नसकेको भन्दै सदस्यता नै टुंगो नलागिसकेको अवस्थामा महाधिवेशन हुन सम्भव नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुन्छ । नेपाली काँग्रेसको महाधिवेशन आजसम्म ५ वर्षमै भएको छ । नवौं, दशौं, एघारौँ, बाह्रौं, तेह्रौं, चौधौँ, अब १५ औं हुने हो । ४ वर्षमा कहिल्यै भएको छैन । ४ वर्षे कार्यकालमा एक वर्ष म्याद थप्न पाइन्छ । चार वर्ष यो मंसिरमा पूरा हुन्छ । क्रियाशिल सदस्यता नविकरण टुंगिसकेको छैन । असोज मसान्त तोकेको छ । सदस्यता नविकरण नै असोज मसान्तसम्म भनेपछि कहाँबाट मंसिरमा हुन्छ महाधिवेशन ? ०८३ सालको दशैंअघि वा दशैंपछि पुग्नसक्छ । तर मंसिर भन्दा टाढा लैजानुहुँदैन । ’

नेता सिटौलाले ०८३ सालको मंसिर भन्दा पछि महाधिवेशन लैजान नहुने बताउनु भयो ।