२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का



अ+ अ-

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गर्नुभएको छ ।

आईतवार सामूदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गर्नुभएको हो । उहाँले नेपाल सरकारले सोही विषयमा आग्रह गरिसकेको र प्राधिकरणले विज्ञप्ति नै प्रकाशित गरेर आग्रह गरेको स्मरण गराउनु भयो । त्यस्ता सस्थालाई संस्थाको रोजगारी, लगानी, हिसावकिताव सबै प्राधिकरणको जिम्मा लगाउन उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, ‘सामुदायिकीका साथीहरूले पनि आफ्नो दैनिकीमा परिवर्तन गर्न सक्नुपर्छ, लाग्नुपर्छ । हिजोको आवश्यकता थियो, त्यसमा सरकारले उच्च सम्मान गरेकै छ, अब त्यही कुरामा चल्न नसक्ने भयो भने ? धेरै साथीहरूलाई हामीले आग्रह गरेका छौँ । प्राधिकरणले पनि आग्रह गरेजस्तो लाग्छ नोटिस नै निकालेर । ज–जसले चलाउन सकिरहनुभएको छैन, उहाँहरूले प्राधिकरणलाई जिम्मा लगाउँदै जानुस् । के छ त्यहाँको हिसाव किताव ? के छ साथीहरूको रोजगारीका कुराहरू ? त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यतातिर लाग्नुपर्छ ।’

कार्यक्रममा मन्त्री खड्काले सरकारको चाहना देशभित्रै आवश्यक विद्युत उत्पादन गरेर खपत गर्ने र बढी भएको बिजुली निर्यात गर्ने सरकारको चाहनामा साथ दिन महासंघलाई आग्रह गर्नुभयो । त्यसको लागि ठूलो परियोजनामा लगानी गर्न पनि उहाँको आग्रह छ । नेपाल विद्युत उपभोक्ता महासंघमा देशभरका गरी करिब तीन सय संस्थाहरू आवद्ध छन् ।