८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग

चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित

चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित
ओक्फाइल फोटो
अ+ अ-

इलाम । माइजोगमाई–२ लोसेवासी एकमहिनादेखि चितुवा आतंकले त्रसित भएका छन् ।

चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् । माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भन्नुभयो, “चार दिन भयो, निद्रा नै लाग्दैन । ”

गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले माउ बाख्रा मारेको हो । यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले तीनवटा बाख्रा खोरमै खाएको पशु प्राविधिक रविन गुरुङले जानकारी दिनुभयो । “चितुवा खोरमै पसेर खसीबाख्रा लाने भएपछि, गाउँलेलाई रात कटाउनै मुस्किल भएको छ”, उहाँले भन्नुभयो ।

चितुवाको उपद्रो लोसेसम्म सीमित छैन । शनिबार राति माइजोगमाई–२ मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन् । एकपछि अर्को गाउँमा चितुवा देखिन थालेपछि माइजोगमाईका किसान त्रासमा छन् ।

“बोका हरायो भनेर खोज्दै जाँदा साँझ चितुवाको माउ र बच्चा देखियो”, माइजोगमाई–३ गुप्तीका रोहित काफ्लेले भन्नुभयो, “अब बालबालिका पनि घर–विद्यालय गर्न डराउन थालेका छन् ।” वन्यजन्तुको आतङ्कले खसीबाख्रामात्र होइन, किसानको तरकारी बालीसमेत धरापमा परेको छ । मकै, फर्सी, स्कुस, आलुजस्ता बाली बँदेल र बाँदरले खाएर नष्ट गरिदिँदा मेहनत धुलोमा मिलेको स्थानीयको गुनासो छ ।

तर यति ठूलो समस्या हुँदाहुँदै पनि सरकारी पक्षसँग एकिन तथ्याङ्क छैन । “जङ्गली जनावरले दैनिक क्षति गरिरहे पनि अधिकांश घटना जानकारी नआउँदा विवरण सङ्कलन गर्न सकिएको छैन”, इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले भन्नुभयो ।

वन्यजन्तुको उपद्रो बढ्दै जाँदा स्थानीय सुरक्षा, पशु स्वास्थ्य तथा कृषिमा असर पार्ने खतरा देखिन थालेको छ । किसान अहिले उचित सुरक्षा र राहतको माग गरिरहेका छन् । “हामीलाई पशुभन्दा पहिला आफ्नो ज्यानको चिन्ता छ”, किसान शेरबहादुर गुरुङले भन्नुभयो, “न त निद्रा पाएका छौँ, न त राहत ।”