८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक



अ+ अ-

कास्की। पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय आज विज्ञप्ति जारी गरी गत पुस ३ गते यात्रु तथा यात्रु लिन आएका ट्याक्सी चालकसँग अमर्यादित व्यवहार गर्ने पाँचजना ट्याक्सी चालक र ट्याक्सीहरूलाई आज(पुस ८) देखि लागू हुनेगरी एक महिनासम्म विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको जनाइएको छ ।

विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जाने क्रममा पुस ३ गते विमानस्थलबाट ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी चालकले यात्रुलाई दुर्व्यवहार तथा अमर्यादित व्यवहार गरेका थिए ।

चालकहरूको सो व्यवहारसम्बन्धी सामाजिक सञ्जाल (टिकटक)मा अपलोड भएको सामग्री र त्यसको भोलिपल्ट कार्यालयमा आएको निवेदनबारे गम्भीर ध्यानाकर्षण भएको कार्यालयका प्रवक्ता जशोदा सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्यालयमा आएको निवेदनपछि विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले घटनाका बारेमा आवश्यक जाँचबुझ तथा छानविन गरेको थियो ।

प्राधिकरणले विमानस्थलबाट सेवा प्रदान गर्ने सम्पूर्ण चालकहरूले यात्रुसँग नम्र, सभ्य, शालिन एवं मर्यादित व्यवहार गर्ने र सो बमोजिमको व्यवहार नभएको पाइए कानुनअनुसार कारबाही जनाएको छ ।

यसैगरी राइड सेयरिङ एप इन्ड्राइभ, पठाओजस्ता अनलाइन एपमा आधारित भई सेवा प्रदान गर्ने सवारीसाधनलाई तोकिएको स्थानमा यात्रु छोड्न र नियमानुसारको शुल्क तिरी विमानस्थलको सवारी पार्किङ क्षेत्रमा सवारीसाधन राखी आफ्नो यात्रुलाई लैजान विमानस्थलबाट सेवा प्रदान गर्ने ट्याक्सी चालकहरूबाट कुनै अवरोध नगर्ने/नगराउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

विमानस्थलको पहुँच मार्गको दायाँबायाँको स्थानमा सवारीसाधन रोक्दा हुनसक्ने सम्भावित दुर्घटनाहरूलाई कमी गर्न कार्यालयले आफन्त तथा यात्रु पर्खिएर सवारीसाधन नरोक्नसमेत आग्रह गरेको छ ।

विमानस्थल क्षेत्रभित्र जथाभावी रूपमा सवारीसाधन रोकिएको पाइए कानुनबमोजिम कारबाहीको चेतावनी दिइएको छ । पर्यटकीय सहर पोखरामा विमानस्थलमा ट्याक्सी चालकहरूको मनोमानी हुने गरेका विषयमा पर्यटक तथा यात्रुहरूले पटकपटक प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् । रासस