१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति



अ+ अ-

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूबीच समझदारी बनेको छ।

मंगलबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए।

छलफलपछि राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले फागुन २१ को निर्वाचन सफल बनाउन सबै पक्ष प्रतिबद्ध भएको जानकारी दिए।

उनका अनुसार निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्न विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति पनि भएको छ।

छलफलका क्रममा राष्ट्रपति पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै राजनीतिक निकासका लागि निर्वाचन अपरिहार्य रहेको बताए।

“देशको वर्तमान जटिल परिस्थितिको समाधानका लागि निर्वाचन नै उपयुक्त विकल्प हो,” राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने, “यो गम्भीरतालाई ध्यानमा राख्दै निर्वाचन सफल बनाउनु हामी सबैको साझा दायित्व हो।”

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्धारित मितिमा निर्वाचन सफल बनाउन आवश्यक सहकार्य र जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।