१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो



अ+ अ-

नवलपरासी। नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएको १४ वटा घरटहरा भत्काइएको छ।

डिभिजन वन कार्यालय नवलपुरले राष्ट्रिय वन तथा सार्वजनिक सडक क्षेत्रको संरक्षणका लागि दाउन्ने क्षेत्रदेखि पूर्वतर्फ गरिएको अतिक्रमण हटाउने काम गरेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार दाउन्ने बजारदेखि पूर्वतर्फ गरिएको नयाँ अतिक्रमण हटाइएको हो । वन क्षेत्र तथा सडक क्षेत्र अतिक्रमण गरी बसोबास गर्दै आएका १२ जना व्यक्तिद्वारा निर्माण गरिएका चौधवटा घरटहरा आज भत्काइएको हो ।

उक्त क्षेत्रमा घरटहरा अवैध रूपमा राष्ट्रिय वन क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने सडक क्षेत्र अतिक्रमण गरी बनाइएका थिए । अतिक्रमण हटाउने कार्य नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सुरक्षा व्यवस्थामा सम्पन्न गरिएको हो । डिभिजन वन कार्यालयबाट खटिएको टोलीले टहरा भत्काउँदै अतिक्रमणकारीहरूलाई आफ्ना सामग्री तत्काल हटाउन निर्देशन दिएको थियो ।

डिभिजन वन कार्यालय नवलपुरका अनुसार यसअघि सब डिभिजन वन कार्यालय दुम्किबासले गत कात्तिक  २४ गते नयाँ अतिक्रमित क्षेत्र खाली गराउन सम्बन्धित पक्षलाई १५ दिने सूचना जारी गरेको थियो ।

सूचना जारी गरेपछिसमेत अतिक्रमण नहटाइएकाले कानुनअनुसार बल प्रयोग गरेर टहरा हटाउनुपरेको डिभिजनल वन अधिकृत अधिकारीले बताउनुभयो । “हामीले दाउन्ने क्षेत्रमा अतिक्रमण हुँदै गएपछि सूचना जारी गरी घरटहरा हटाउन भनेका थियौँ, तर सूचनाको बेवास्ता गरेपछि कानुनअनुसारनै बल प्रयोग गरी अतिक्रमित क्षेत्र खाली गरेका छौँ”, डिभिजनल वन अधिकृत अधिकारीले भन्नुभयो ।

पूर्व–पश्चिम राजमार्ग विस्तार कार्यका क्रममा सडकको तल्लो भागमा थुपारिएको माटोको क्षेत्रमा करिब दुई वर्षदेखि अतिक्रमण गरी टहरा निर्माण गरेर बसोबास हुँदै आएको थियो । उक्त क्षेत्र राष्ट्रिय वन तथा सार्वजनिक सडक क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ स्थायी वा अस्थायी संरचना निर्माण गर्न पाइँदैन ।

उहाँका अनुसार राष्ट्रिय वन तथा सार्वजनिक सम्पत्तिको संरक्षण सरकारको प्राथमिकता भएको उल्लेख गर्दै यस्ता अतिक्रमण हटाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने छ । सार्वजनिक जग्गा अतिक्रमण नगर्न र कानुनको पालना गर्न सबै नागरिकलाई उहाँले आग्रह गर्नुभएको छ । रासस