१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड



अ+ अ-

भक्तपुर। चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले जितेको छ । श्रीकृष्णले चौथो पटक उपाधि जितेको हो । उपाधिसँगै उसले रु एक लाख पुरस्कार र प्रमाणपत्र हात पारेको छ ।

चाँगुनारायण नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा एवं नगर खेलकुद विकास समितिको आयोजनामा ६ दिनसम्म चलेको प्रतियोगितामा श्रीकृष्ण माध्यमिक विद्यालयले १३ स्वर्ण, ११ रजत र एक कास्यसहित कूल २५ पदक जित्यो ।

प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी ३५ विद्यालयका छात्रछात्रा सहभागी थिए । प्रतियोगितामा कबड्डी, भलिबल, कराते, उसु, तेक्वान्दो, एथ्लेटिक्स, क्रिकेट, ब्याडमिन्टन र फुटसल खेलमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा चाँगुनारायण माध्यमिक विद्यालयले ७ स्वर्ण, एक रजत र ६ कास्यसहित १४ पदक जित्दै द्वितीय तथा ६ स्वर्ण, ५ रजत र ६ कास्य गरी १७ पदकसहित महेन्द्रग्राम माध्यमिक विद्यालय तृतीय भए । नगर प्रमुख जीवन खत्रीले उद्घाटन गरेर सुरु भएको प्रतियोगिताको समापन कार्यक्रममा उपप्रमुख रमेश बुढाथोकीले विजेतालाई शिल्डसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

कार्यक्रममा चाँगुनारायण नगरबाट विभिन्न देशमा आयोजना भएको प्रतियोतिामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षक सुस्मिता तामाङ, करुणा राउत भारती, रघु केसी, पूजा खड्का र रोचक भारतीलाई जनही रु ५१ हजारसहित सम्मान गरिएको थियो। रासस