४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक

आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक
अ+ अ-

काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आइसिसी महिला टी ट्वान्टी विश्वकपको क्वालिफायरमा जित निकाल्ने लक्ष्यसहित खेल्ने बताएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार गरेको पत्रकार सम्मेलनमा नवनियुक्त प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने ग्लोवल छनोटमा आफ्नो टोली जित निकाल्ने लक्ष्यसहित खेल्ने विश्वास व्यक्त गरेका छन् । आगामी जनवरी १८ देखि फेब्रुअरी ३ सम्म नेपालमा आइसिसी टी ट्वान्टी विश्वकप क्वालिफायर हुँदैछ । घरेलु मैदानमा हुने क्वालिफायरमा नेपाल समूह ‘बी’ मा छ । नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्याण्ड र जिम्बाब्वे गरी पाँच टोली रहेको समूहमा शिर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा शीर्ष चार टोलीले आगामी सन् २०२६ को जुन १२ देखि ५ तारिखसम्म इङ्ल्यान्ड र वेल्समा हुने आइसिसी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।

क्यानले छनोटअगाडि नै महिला टोलीका लागि अनुभवी प्रशिक्षक नियुक्त गरेको हो । उनले सात वर्षसम्म थाइल्यान्डको महिला र पुरुष टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए । यसपल्ट छनोटमा उनले सोही टोलीको विपक्षी प्रशिक्षकका रूपमा काम गर्नुपर्नेछ । नेपाली महिला क्रिकेट टोलीको कमजोरी फिटनेस र ब्याटिङमा सुधार ल्याउने उनको मुख्य जिम्मेवारी हुनेछ । उनले नेपाली पिचमा ब्याटिङका लागि राम्रो रहेको पनि उल्लेख गरे । तर त्यसका लागि कन्डिसन पनि बुझ्नुपर्ने औंल्याएका छन् । टोलीको ब्याटिङ कमजोर भएपनि खेलाडीको इच्छाशक्ति कस्तो छ भन्ने कुराले नतिजामा फरक पर्ने उनको भनाइ छ ।

नेपाली खेलाडीको इच्छाशक्ती बलियो रहेकाले त्यसमा सुधार हुने उनको विश्वास छ । यद्यपि, क्रिकेटमा रातरात परिवर्तन नहुने पनि उनी बताउँछन् । त्यसका लागि लामो योजना र जुनियरस्तरमा पनि राम्रो गर्नुपर्ने उनको भनाइ छ । आपूm नेपाल आउनुको पछाडि राम्रो टोलीलाई प्रशिक्षक गर्ने चाहना रहेको प्रशिक्षक पाठक बताउँछन् । नेपाली महिला क्रिकेट टिमलाई विपक्षी प्रशिक्षकका रूपमा हेरेकाले  उनीहरूको क्षमताबारे आफू राम्रो जानकारी रहेको उनले बताए । प्रशिक्षक पाठकले नेपाली खेलाडीको स्ट्रेन्थ र प्यासन राम्रो रहेको पनि उल्लेख गरे । क्रिकेटप्रति धेरै लगाव भएको टोलीलाई प्रशिक्षण गर्न पाउनुले छुट्टै आनन्द मिल्ने उनको बुझाइ छ ।

आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल क्वालिफायर नेपालमा आयोजना हुनुले नेपाली महिला खेलाडीमा ठूलो आत्मविश्वास पनि बढ्ने प्रशिक्षक पाठकको विश्वास छ । आफू प्रशिक्षक हुँदा थाइल्यान्ड विश्वकपमा छनोट भएकाले त्यसको अनुभव महत्वपूर्ण उनी बताउँछन् । नेपाली खेलाडीमा क्रिकेटप्रति बलियो लगाव र क्षमता हुनु नै जितका लागि महत्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे । उनीहरूका लागि राम्रो वातावरण बनाउन सके नतिजा पनि आउने उनी बताउँछन् । आफ्नो योजनाप्रति खेलाडी स्पष्ट हुनुपर्ने उनले औंल्याए । जहाँ र जुन प्रतियोगिता खेले पनि त्यहाँबाट खेलाडीले सिकेर अगाडि बढ्नुपर्ने उनी बताउँछन् ।