४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

मानब बेचबिखनमा संलग्न दुई जना पक्राउ

मानब बेचबिखनमा संलग्न दुई जना पक्राउ
अ+ अ-

काठमाडौँ । भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार यसरी पक्राउ पर्नेमा सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्री छन् । उनीहरुलाई अदालतमा पेस गरिएकामा अदालतको आदेशले पाँच दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवादी राजकुमार अच्छामीसमेतका व्यक्तिले जाहेरवालालाई भारतमा चालकको काममा लगाइदिने र खाना बस्नबाहेक नै मासिक तलब ३५ हजार भारु तथा ओभरटाइमसमेत हुन्छ भनी प्रलोभनमा पारेर भारत लगी बन्धक बनाएर बेचबिखन गरेका खुलेको छ ।

अनुसन्धानमा पीडितलाई राजकुमारले गएको वैशाख १९ गते काठमाडौँ बल्खुबाट पर्सा वीरगञ्ज पु¥याई रेशमबहादुरलाई हस्तान्तरण गरेका थिए । त्यहाँबाट उनले अटोरिक्सामा राखी भारतको रक्सौल हुँदै पटना पु¥याएको पाइएको छ । पटनास्थित पुनपुन अजय स्टेशनमा रहेको वेल स्टार डाइनामिक कम्पनीमा प्रतिव्यक्ति रु १० हजार तिर्न लगाइ सात दिनसम्म तालिमका नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएको अनुसन्धानका क्रमा खुलेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पटनामा अन्य मानिसलाई फेसबुकमा इन्भाइट गर्न लगाई जाहेरवालालगायत अन्य पीडितलाई उक्त ठाउँमा घर परिवारसँग सम्पर्क तथा खान बस्न नदिइ डर, त्रास, धाकधम्की दिई फेसबुक मेसेन्जरमा अन्य मानिसहरुसँग नयाँ आइडी बनाई कुरा गर्न लगाएका थिए ।” विभिन्न प्रलोभनमा पारी भारत बोलाई मोबाइलबाट अनलाइन स्क्यामिङका काम गर्न बाध्य बनाएका पाइएको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।

दुई लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागजसमेत गरी करिब थप दुई महिनासम्म बन्धक बनाएका पाइएको छ । दुई महिनामा पछि पीति उम्किएर साउन १ गते नेपाल आएका र ब्युरोमा मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मानव तस्करी कसुरमा जाहेरी दर्ता गरेका थिए । जाहेरीको अनुसन्धान गरी साउन ५ गते मुद्दा दर्ता गरिएका उनीहरुको खोजतलासका क्रममा राजकुमार अच्छामीलाई काठमाडौँको बल्खुबाट र रेशमबहादुर खत्रीलाई पर्सा पक्राउ गरिएको कुँवरले बताउनुभयो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीहलाई पाँच दिनको म्याद थप भई अनुसन्धान चलिरहेको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिनुभयो । रासस