२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलामन्त्री सुडीको वर्ष दिनः १३२ गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार, ६१ अर्ब ९७ करोडको वैदेशिक सहयोग स्वीकृत



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालय सम्हालेको वर्ष दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १३२ जनाको हवाई उद्धार गरिएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराउनुभएको हो ।

मन्त्री सुडीकाअनुसार हिंसा पीडित महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्रमा १८ जनालाई सेवा प्रवाह भईरहेको छ । महिला हिंसा विरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला सोच निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको पनि जानकारी दिनुभयो । उहाँले मधेस प्रदेशका विभिन्न ५ जिल्लामा “खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं–सडक नाटक प्रदर्शन गरिएको, सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १/१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको बताउनु भयो । पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरु (पुरुष २४ जना र महिला ४४ जना) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको बताउनु भयो । १३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरुको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरू १३२ जनाको हवाई उद्धार गरिएको छ । हिंसा पीडित महिला तथा किशोरीहरुलाई सुरक्षित रुपमा पुनःस्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना दीर्घकालीन पुनस्र्थापना केन्द्रमा १८ जनालाई सेवा प्रवाह भईरहेको छ । महिला हिंसा विरूद्धको सचेतनाका लागि टेलिश्रृङ्खला सोच निर्माण भई नेपाल टेलिभिजनबाट प्रशारण भएको छ । मधेस प्रदेशका विभिन्न ५ जिल्लामा “खुलेर बोलौ, लैङ्गिक हिंसा अन्त्य गरौं–सडक नाटक प्रदर्शन गरिएको छ । सातौं महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई कदरपत्रसहित १ लाख नगद पुरस्कारबाट सम्मानित गरिएको छ ।’

‘पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिकहरु (पुरुष २४ जना र महिला ४४ जना) लाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराइएको छ । १३३ जना कुष्ठरोग प्रभावित व्यक्तिहरुको लालनपालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान सहयोग उपलब्ध गराइएको छ । वित्तीय हस्तान्तरण भई प्रदेश र स्थानीय तहमा गएको बजेट बाहेक राष्ट्रिय अपाङ्ग कोषमा विनियोजन भएको बजेट ४० लाखबाट २७२ थान सहायक सामग्री उत्पादन भई वितरण कार्य सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत विदेशीको लागि कार्यसहमति  ५२ वटा, श्रम स्वीकृति ५२, गैरपर्यटक भिसा ४४, आयात इजाजत २२ वटा र ३ वटा भन्सार छुट सिफारिस गरिएको छ । समाज कल्याण परिषद्मार्फत ६१ अर्ब ९७ करोडको वैदेशिक  सहयोग स्वीकृत भएको छ ।’

मन्त्री सुडीकाअनुसार अपाङ्गता भएका व्यक्तिको राष्ट्रिय नीति कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परियोजना सहजिकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौताको सहमति प्रदान गरिएको बताउनु भयो ।