१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला

जनस्वास्थ्य विपद् घोषणाका लागि आवश्यक गृहकार्य शुरु, मुलुकमा आपत्काल लागू हुन सक्ने !

जनस्वास्थ्य विपद् घोषणाका लागि आवश्यक गृहकार्य शुरु, मुलुकमा आपत्काल लागू हुन सक्ने !
अ अ+ अ-

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट तीन सातामा १० जनाको मृत्यु भएको र संक्रमितको संख्या २५ सय नाघेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा जनस्वास्थ्य विपद् घोषणाका लागि आवश्यक गृहकार्य गरेको छ। मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि मुलुकमा आपत्काल लागू हुनेछ। आपतकालको आदेश जारी भएपछि अत्यावश्यक सामग्री खरिदमा सार्वजनिक खरिद प्रक्रिया अवलम्बन गर्नुपर्ने बाध्यता हुने छैन। सरकारले निजी क्षेत्रको अस्पताल र अरू सम्पत्ति आफूले चाहेअनुसार परिचालन गर्न घोषणाबाट मद्दत पुग्नेछ। स्वास्थ्य मन्त्रालयले विपद् घोषणाका लागि प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जनाएको छ। जनस्वास्थ्य विपद्को प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। ‘संक्रमितका साथै मृत्यु हुनेको संख्या पनि बढिरहेकाले पब्लिक हेल्थ इमरजेन्सी घोषणाको प्रस्ताव पारित गर्न मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको छ,’ उनले भने।

एकभन्दा बढी प्रदेशमा कुनै विपद् सिर्जना हुन गएमा सरकारले जनस्वास्थ्य विपद् घोषणा गर्न सक्ने कानुनी व्यवस्था छ। कोरोनासँग सम्बन्धित हेल्थ सेक्टरको इमरजेन्सी रेस्पोन्स प्लानअन्तर्गत दुई हजारभन्दा बढी सक्रिय संक्रमित भए पब्लिक हेल्थ इमरजेन्सी घोषणा गर्न सकिने प्रावधान रहेको डा। देवकोटाले बताए। उनले भने, ‘संक्रमितको संख्या बढिरहेको अवस्था र मृत्युको खबर पनि नचाहँदा नचाहँदै बढिरहेका बेला हेल्थ सेक्टरको इमरजेन्सी रेस्पोन्स प्लान बनाएका थियौं। जो कोरोना पाण्डेमिकसँग सम्बन्धित थियो। त्यसमा कोभिड हेल्थ इमरजेन्सी घोषणा गर्न सकिने व्यवस्था राखिएकाले त्यहीअनुरूप छलफल चलाइएको थियो। त्यसका लागि मन्त्रिपरिषद्बाट स्वीकृत हुनका लागि प्रस्ताव लैजाने निर्णय गरेका छौं। प्रस्ताव जाँदै छ। स्वीकृति भइसकेको छैन।’

विपत्को घोषणा गर्दा एक जना उच्च तहका अधिकारी तोक्नुपर्ने प्रावधान छ। त्यसका लागि मन्त्रालयले स्वास्थ्य सचिवलाई तोकेको छ। आपतकालीन अवस्थामा तत्कालै स्वास्थ्य सेवा पुर्याउन दु्रत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह रहनेछ। संघ, प्रदेश र स्थानीय तहले आपतकालीन स्वास्थ्य योजना विकास गरी लागू गर्नुपर्ने जनस्वास्थ्य सेवा ऐनमा उल्लेख छ।

६५ जिल्लामा संक्रमण

मुलुकका सात वटै प्रदेशका ६५ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। मन्त्रालयका प्रवक्ता डा। देवकोटाका अनुसार हालसम्म संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। जसमध्ये पुरुष २ हजार २ सय ५० जना छन्। संक्रमित महिलाको संख्या १ सय ८४ छ। बिहीबार मात्र मुलुकमा थप ३ सय ३४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। एकैदिन यति ठूलो संख्यामा संक्रमित फेला परेको पहिलो पटक हो।

तीन सातामा १० को मृत्यु

कोरोना संक्रमणबाट तीन साताभित्र १० जनाको मृत्यु भएको छ। भारतबाट पाँच दिनअघि स्वदेश फर्केका पाल्पा, पूर्वखोला गाउँपालिका निवासी ४५ वर्षीय पुरुषको ज्यान गएको छ। अन्नपुर्णपोष्ट दैनिक