४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

बुद्धचित्त माला लुटपाटमा संलग्न तीन जना पक्राउ, रुखधनीलाई खुकुरी प्रहार

बुद्धचित्त माला लुटपाटमा संलग्न तीन जना पक्राउ, रुखधनीलाई खुकुरी प्रहार
अ+ अ-

काठमाडौँ। ललितपुरको गोदावरी नगरपालिका–७ स्थित बुरुङचुलीमा बुद्धचित्तको माला लुट्ने क्रममा एक समूहले रुखधनीमाथि खुकुरी प्रहार गरेका छन्।

घटनामा स्थानीय ५७ वर्षीय कृष्णबहादुर मार्फा घाइते भएका छन्। रातको करिब सवा २ बजे घर अगाडिको रुखमा झुण्ड्याइएको माला लुट्न आएका लुटेराहरूलाई कुकुरले देखेपछि मार्फा बाहिर निस्किएका थिए। त्यत्तिकैमा लुटेराहरूले उनलाई दायाँ पाखुरामा खुकुरी प्रहार गरेका थिए।

घाइते मार्फाको आनन्दवन अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जानकारी दिएको छ। घटनापछि अनुसन्धान थालेको प्रहरीले सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा करिब ३ घण्टामै तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुलीका प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ छन्। उनीहरूले सिसिटिभीको तार काटेर माला लुटपाट गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने पक्राउ परेकामाथि डाँकाचोरी मुद्दामा प्रहरी वृत्त चापागाउँले कानुनी प्रक्रिया अघि बढाएको छ।