२० मंसिर २०८२, शनिबार
,
Latest
भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भए समाजलाई राम्रो गर्दैनः सांसद शर्मा



अ+ अ-

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैँ स्वनियमनमा जानुपर्ने बताउनुभएको छ ।

आईतवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सञ्चारमाध्यमहरु सकेसम्म आफैँ स्वनियमनमा जानुपर्ने बताउनु भयो । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र आफैँ अराजक भए त्यसले समाजमा राम्रो नगर्ने बताउनु भयो । पत्रकारिताको नाममा भएको अराजकता रोक्नुपर्ने बताउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘सकेसम्म स्वनियमनमा जानुपर्छ । पत्रकारहरु आफैँ आफ्नो आचारसंहीतामा जानुपर्छ । सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरुमा टिप्पणी गर्ने, जुन पत्रकारिता क्षेत्र छ । त्यो आफैँ फेरि अराजक भयो भने त्यसले राम्रो गर्दैन समाजमा ।  ’

सांसद शर्माले सबैखाले सञ्चारमाध्यमलाई समेट्नसक्ने नियामक निकाय आवश्यक रहेको बताउनु भयो ।